आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रमेश विकलको पेसा वृत्ति ( समालोचनात्मक अन्वेशण पुस्तकबाट )


  • गोपी मैनाली
  • शुक्रबार, भदौ २९, २०८०
  • 272
    SHARES

रमेश विकलको पेसा वृत्ति 

रमेश विकल सरकारी वृत्तिसेवक थिए । उनले निजामती परीक्षा उत्तीर्ण गरेपश्चात् २००५ सालमा भन्सार विभागको नौसिन्दा पदबाट सरकारी जागिर सुरु गरेका थिए । पिताश्री सरकारी सेवामा रहेकाले घरभित्रको अभिमुखीकरणले पनि उनलाई निजामती राष्ट्रसेवक बन्न मन लागेको हुनुपर्छ । त्यतिवेलानौसिन्दाको वेतन मासिक ११ रुपैयाँ भए पनि सरकारी सिँदूर पर्नु सामाजिक प्रतिष्ठाको विषय थियो ।

२००६ सालमा श्यामप्रसादसहित पाँचभाइ काण्डमा गिरफ्तार परेपछि भन्सारको नौसिन्दाको जागिर खोसियो । २००८ पछि विकलहरूकै पहलमा स्थापित चावहिलको विनायक निम्नमाध्यमिक विद्यालय,आरुवारीको अरुणोदय माध्यमिक विद्यालय, गोकर्णको सहयोगी माध्यमिक विद्यालय र जोरपाटीको चामुण्डा माध्यमिक विद्यालयमा स्वयम्सेवी शिक्षण पेसामा संलग्न भए । उनले केही समयम अङ्ग्रेजी ट्यूसन कक्षा पनि सञ्चालन गरेका थिए ।

२०१८ सालमा पुनः सरकारी सेवामा प्रवेश गरी प्रचार विभागको नासु (सहायक सम्पादक) भए । २०२० सालमा जागिर छोडेर नेपाल लेखक सङ्घको कार्यालय सचिवको काम सुरु गरे । २०२१ सालमा शिक्षा सामग्री केन्द्र (हालको जनक शिक्षा सामग्री केन्द्र) को शाखा अधिकृत भई २०३४ सालसम्म अविच्छिन्न त्यही संस्थामा काम गरे । जनक शिक्षा केन्द्र संस्थान बनेपछि उनलाई एक तहमाथि बढुवा भई त्यही रहने वा शिक्षा मन्त्रालयमा शाखा अधिकृतको पदमा रहने विकल्प दिइयो। लामो समय केन्द्रमा रहेर पनि त्यहाँ उनलाई राम्रो व्यवहार भएको महसुस थिएन । त्यसैले मन्त्रालयमा पदस्थापन भई काम गर्न लागे ।

२०३५ सालमा परीक्षा नियन्त्रण कार्यालयको शाखा अधिकृतमा सरुवा भए । २०३६ सालमा शाखा अधिकृत राजीनामा दिई प्राथमिक शिक्षा विकास परियोजनामा करार सेवामा रही सम्पादकको जिम्मेवारी सम्हाले, जुन २०४५ सम्म कायम रह्यो । यसै अवधिमा आर्थिक वर्ष २०३९÷४० मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको विद्वत्वृत्ति लिई ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यास लेखे, जुन उनलाई जनस्तरमा पु¥याउने कृति त हुँदैहो, नेपाली साहित्यकै सर्वप्रिय उपन्यास पनि हो ।

२०५१ मा त्रिभुवन विश्वविद्यालय, नेपाली शिक्षण विभागमा करारसेवा अन्तर्गत उपप्राध्यापक भई प्राध्यापन गर्न सुरु गरे । उनको शैक्षिक योग्यता स्नातक तर उपप्राध्यापक बन्नका लागि स्नातकोत्तर शैक्षिक योग्यता चाहिने भए तापनि विशेष निर्णयले उनी उपप्राध्यापक बनेका थिए ।

रमेश विकल एक कार्यकाल (वि स २०५१–२०५६) नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भए । यस समय नेपालका विविध भाषा, साहित्य, संस्कृति विकास एवम् संवद्र्धनमा विशेष सक्रिय भई विकेन्द्रित रूपमा कार्यक्रम सञ्चालनमा संलग्न भएको पाइन्छ । प्रज्ञा प्रतिष्ठानको पदावधि सकिएपछि भने उनी स्वतन्त्र रूपमा अध्ययन, लेखन र समाजसेवामा रहे ।

यसरी साहित्यकार रमेश विकलको सरकारी वृत्ति सेवामा विविध आरोह–अवरोह आएको देखिन्छ । लेखकको स्वतन्त्रताप्रेमी र स्वाभिमानी स्वभावले पनि उनको वृत्ति गतिविधिलाई प्रभाव पारेको हुन सक्छ । जुन निकायमा रहे पनि विकल प्रत्यक्ष परोक्ष रूपमा साहित्य सेवाको जिम्मेवारीमा देखिन्छन् । पाठ्यक्रम उत्पादन (पाठ्यक्रम विकास केन्द्र)को कार्यजिम्मेवारीमा रहँदा बालसाहित्यका सामग्री उत्पादनले बालसाहित्यको विकासलाई सहयोग पु¥याएको थियो । जेहोस्विकल २००६ देखि २०५६ सम्म करिब आधा शताब्दी विभिन्न औपचारिक कार्यजिम्मेवारी र ओहोदामा रही राष्ट्रसेवा गरेका थिए । यस अर्थमा उनको वृत्ति राष्ट्रसेवा थियो ।

-गोपी मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }