शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अनेसास कविता महोत्सवमा ३०१ कविता प्राप्त


  • माउन्टेन खबर
  • आइतवार, भदौ ३१, २०८०
  • 182
    SHARES

समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आव्हान गरेको कविता महोत्सवमा ३ सय १ कविको कविता प्राप्त भएका छन् । राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसर पारेर आगामी आइतबार असोज ७ का दिन जूममार्फत आयोजना गरिने उक्त महोत्सवमा दोस्रो चरणमा छानिएका करिव पाँच दर्जन कविले कविता वाचन गर्नेछन् ।

अनेसासका अध्यक्ष गोवर्द्धन पूजाका अनुसार तीनजना निर्णायकले प्रदान गरेको नम्बरका आधारमा प्रथम, दोस्रो र तीनजना लाई तेस्रो पुरस्कार प्रदान गरिने छ । ५ सय , तीन सय र दुई-दुई सय नगद र प्रमाण-पत्र रहेको कविता महोत्सवको यो तेस्रो संस्करण हो ।

अनेसास वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेका  अनुसार अनेसास सचिवालयको बैठकले तीनजना निर्णायक चयन गरिसकिएको र कार्यक्रमको दिन निर्णायकलाई सार्वजिन गरिने छ ।

महासचिव विमला निरौलाले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्ने सम्पूर्ण तयारी पूरा भएसकेको र प्रतियोगी कविहरूलाई वाचनका लागि निम्तो पठाउने र नाम सार्वजनिक गर्ने काम भइरहेको बताइन्। पुरस्कार दाताहरूले प्रायजसो पुरस्कारको रकम प्रायोजन गरिदिएकाले केन्द्रलाई आर्थिक सहजता भएको कोषाध्यक्ष निजानन्द मल्लले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }