
काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमवार धितोपत्र बजार झीनो अंकले बढेको छ ।
सोमवार बजार मापक नेप्से परिसूचक ४.२६ अंकले बढेर १९६९.१८ विन्दुमा पुगेको छ । यस दिन २७१ कम्पनीको २८ लाख ७४ हजार २७५ कित्ता शेयर किनबेच हुँदा ८७ करोड ४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
सोमवार बैंकिङ समूहबाहेक सबै समूहको उपसूचक बढेका छन् । सर्वाधिक बढ्नेमा व्यापार समूहको १.६० प्रतिशतले बढेको छ ।