शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

“विचार रहस्य” (लघुकथा )


  • युवराज मैनाली
  • शुक्रबार, मंसिर ८, २०८०
  • 322
    SHARES

“विचार रहस्य” (लघुकथा )

संसार दुई विचारविज्ञानको खेलमा परिभ्रमित छ। एउटाले धेरैलाई हँसाउँछ र कमलाई सताउँछ। अर्कोले आफ्ना इर्दगिर्दका मुठीभर व्यक्तिलाई मात्र हँसाउँछ र अत्यधिक व्यक्तिलाई रुवाउँछ।सभ्यताको सुरुदेखि नै यी दुई विचारको आलोडन विलोडनमा विश्व चलेको छ अहिलेसम्म पनि।

एक समय इराकको डरलाग्दो नेता भएको व्यक्ति, आफ्नो अधिनायकवादी शासनका लागि परिचित,आफ्नै मृत्युको शिखरमा उभिएको थियोे । आफ्ना अन्तिम क्षणहरूमा राष्ट्रको उथल्पुथल इतिहासलाई विचार गरेको हुन सक्छ, एउटा इतिहास जुन उसले महत्त्वपूर्ण रूपमा आकार दिएकाे थियाे। निर्दयी र विवादास्पद निर्णयहरूको वजन उसको आत्मनिरीक्षणबाट पक्कै उम्किएकाे थिएन।

उसले जिद्दीपन ,गर्वको भावना, आफ्नै धार्मिकतामा अटुट विश्वास र जोखिमको कुनै पनि सङ्केत नदेखाउने दृढ मानिस जसले जीवनभर अप्ठ्यारोको सामना अटल आचरणले गरेको थियो । उसको यो अटलता मात्र व्यक्ति स्वयंको स्वार्थमा,आफ्ना पिछलग्गुका स्वार्थनिम्ति समाहित रह्यो-दुर्योधनजस्तै,हिट्लरजस्तै, धृतराष्ट्रजस्तै वर्तमान उत्तरकोरियन जलगैँडाजस्तै।

आफ्ना विचारहरूको पर्खालभित्र उसले गुमाएको जीवन र आफूले भोगेको पीडाको अनुभव गरेको हुन सक्छ। उसको कार्यकालभरि, युद्धको प्रतिध्वनिले पक्कै पनि उसको दिमाखलाई छोएकाे हुनु पर्छ ।

अन्तिम क्षणहरूमा पनि अदम्य साहस आत्मसन्तुलन र विरासतको छायासँगै जटिल अन्तरक्रिया बाहिरी रूपमा देखिए पनि यस्ता जनपिपासुहरू भित्रभित्रै पश्चातापका भुँमरीमा सुकेको पातझैँ सहज नाटक गर्छन् यसै नियतिको नाटक यी निरङ्कुशले पनि गर्छन्,ऊ पनि गरिरहेकाे थियो। अन्ततःअन्तिम दिनको उसको विचार एक रहस्य रह्यो, केवल उसलाई थाहा थियो त्याे रहस्य र आफू आफू हुनुको अर्थ। जब उसले फाँसीमा आफ्नो अन्त भेट्यो, त्यस बेला पनि उसमा रत्तिभर दृश्यको पश्चाताप र सन्देह थिएन । संसारै उसकाे विपक्षमा रहे पनि उसले आफ्नो विपक्षमा साेच्दै साेचेन यसर्थमा कि सोचेर उसले… यसले… यिनीहरूले पछि फर्कने ठाउँ नै राखेका थिएनन्……हुन्नन्…राख्ने छैनन् पनि….।

-युवराज मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }