शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५ लाख बढी सहयोग


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर १२, २०८०
  • 177
    SHARES

काठमाडौं– पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले भूकम्प प्रभावित जाजरकोट तथा रुकुम पश्चिम लगायत जिल्लाका प्रभावितको राहतका लागि ५ लाख रुपैयाँ बढी सहयोग गरेको छ।

टानका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ५ लाख ५ हजार ५५५ रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको  टानका द्धितीय उपाध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।

कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्र भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा गरी १५४ जनाको मृत्यु भएको थियो। भूकम्पबाट सयौं निजी घर तथा सार्वजनिक भवन लगायत संरचना भत्किएका छन्।

अहिले सरकारले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको प्रक्रिया सुरु गरिएको बताएको छ। जसअन्तर्गत अस्थायी आवास निर्माणका लागि प्रदान गरिने ५० हजार रुपैयाँको पहिलो किस्ताको रकम वितरण गर्न स्थानीय तहहरुमा हस्तान्तरण गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }