शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कर्जाको ब्याजदर १ प्रतिशत घट्यो, अझै घट्छ : अध्यक्ष केसी


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १५, २०८०
  • 76
    SHARES

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो एक वर्षमा कर्जाको ब्याजदर १ प्रतिशत घटेको बताउनु भएको छ । शुक्रवार नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले बैंकको आधारदर (बेसरेट) एकल अंकमा आएको भन्दै बैंकको ब्याजदर अझै घट्दै जाने दाबी गर्नुभयो । उहाँले आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनको लागि सहयोग पुग्ने अपेक्षा रहेको उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक रुपमा अगाडि बढेको भन्दै नेपालको बैंकिङ क्षेत्रमा लगानी योग्य रकम प्रशस्त रहेको बताउनु भयो । उहाँले बैंकहरुमा पछिल्लो समय खराब कर्जा लगायतका चुनौतिहरु रहेको बताउनु भयो । उहाँले गत वर्षको तुलनामा बैंकहरुको नाफा २८ प्रतिशतले घटेको बताउनु भयो । उहाँले दक्षिण एशियाका अन्य देशहरु भन्दा राम्रो गरिरहेको अवस्था भएपनि सजग हुनुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । पछिल्लो समय सडकबाट हुने आक्रमणले पनि बैंकिङ क्षेत्रको मनोबल कमजोर बन्दै गइरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘पछिल्लो समय उच्च भनिएको बैंकको ब्याजदर अहिले आएर घट्ने क्रममा छ । अघिल्लो वर्षदेखि अहिलेसम्म कर्जामा लिने ब्याज १ प्रतिशत भन्दा बढीले घटिरहेको अवस्था छ । बैंकको वेसरेट पनि घटेर एकल अंकमा आइसकेको छ । बैंकको ब्याजदर घट्ने क्रम जारी छ । यसले आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनको लागि सहयोग पुग्ने अपेक्षा हामीले लिएका छौं । अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक रुपमा अगाडि बढेको छ । आगामी दिनमा आर्थिक क्षेत्रको विकासको लागि आवश्यक हुने कर्जाको लागि नेपालको बैंकिङ क्षेत्र तरलता अभाव छैन । बैंकिङ क्षेत्र सक्षम अवस्थामा छ । बैंकहरुमा पछिल्लो समय चुनौतिहरु पनि छन् । जसमा गत वर्षको तुलनामा बैंकहरुको नाफा २८ प्रतिशतले घट्न गएको छ । १० वर्षअघि २० प्रतिशत बढीरहेको रिटर्न अन इकुटी घटेर अहिले ८ प्रतिशतको लेभलमा आइरहेको छ । बैंकहरुको खराब कर्जाको समस्या पनि देखिएको छ । तर पनि दक्षिण एशियाका अन्य देशहरु भन्दा राम्रो गरिरहेको अवस्था भए पनि सजक हुनुपर्ने अवस्था छ । पछिल्लो समय बैंकहरुलाई सडकबाट हुने आक्रमणले पनि बैंकिङ क्षेत्रको मनोवल पनि कमजोर बन्दै गइरहेको छ ।’

उहाँले बैंकहरुले ऊर्जामा ३ सय अर्ब लगानी गरेको बताउनु भयो । उहाँले देशको विकासका लागि वैदेशिक लगानी आवश्यक रहेको पनि बताउनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }