शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

युद्धविरामको अवधि सकिए लगत्तै इजराइलव्दारा गाजामा बमबारी, १७८ जनाको मृत्यु


  • माउन्टेन खबर
  • शनिबार, मंसिर १६, २०८०
  • 94
    SHARES

काठमाडौं- इजरायल र हमासबीच अस्थायी युद्धविराम समाप्त भएसँगै फेरि द्वन्द्व शुरु भएको छ । युद्धविराम थप गर्ने प्रयास गरिए पनि युद्धरत दुबैपक्षले एक अर्कालाई दोषारोपण गर्दै समय विस्तार गर्न सहमत हुन नसकेको बताएका छन् ।

युद्धविराम थप गर्ने विषयमा कतारमा भएको वार्ता असफल भएको हो । द्वन्द शुरु भएकै दिन हिजै गाजामा १ सय ७८ जना मानिसको मृत्यु भएको गाजास्थित हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युद्धविरामको अवधि सकिए लगत्तै इजराइलले बमबारी शुरु गरेको बताइएको छ । इजरायली सेनाले २ सय आतंकवादीलाई लक्षित गर्दै प्रहार गरेको जनाएको छ ।

इजरायलले दक्षिणी गाजाका केही क्षेत्रका बासिन्दालाई इजिप्टको सिमाना नजिकैको रफाहतर्फ र दक्षिणतर्फ जान पर्चाहरु खसालेको छ । हिजो इजरायलका केही भागहरुमा पनि साइरनको आवाज सुनिएको छ । गाजाबाट प्रहार गरिएका रकेटहरुलाई इजरायलले बीचमै रोकेको छ ।

गत अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा १ हजार २ सय मानिस मारिएका थिए भने २ सय ४० जनालाई बन्धक बनाएको थियो । बन्धक बनाएकामध्ये हालै भएको युद्धविरामको अवधिमा करिब १ सय जना मुक्त भएका छन् ।

इजरायलले हमासविरुद्ध शुरु गरेको जवाफी कारवाहीमा हालसम्म १४ हजार ८ सयभन्दा बढी मानिस मारिएका छन् । मारिनेमा ६ हजारभन्दा बढी बालबालिका रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }