आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अभिशाप (लघुकथा )


  • गाेपीराम भण्डारी 'बटुवा'
  • मङ्लबार, मंसिर १९, २०८०
  • 259
    SHARES

अभिशाप

ठुलैभारी झ्याम्म पछारिएको आवाज सुनेर भान्सामा चिया उमालीरहेकी जुनकिरीको सातो गयो । तर्सिएकी जुनकिरी डराउँदै डराउँदै भनी, “को हो हँ ?” रमितले सुस्तरी भन्यो,“किन तर्सिएकी म हुँ !” श्रीमानको आवाज सुनेपछि डरले फुलेको स्वास लामोगरी फ्याक्दै प्रश्न सोधी,“के पछारेको ? कि लड्यौ आफै जमिनमा ?”

रमितले आफैले बिसाएको भारीद्वारा सिर्जित आवाजले तर्सिएकी श्रीमतीलाई हेरेर मुस्कुराउँदै भन्यो,“तरकारी लिएर आएको,तरकारी बिसाउँदानि तर्सने, अनि म संग झर्कने !” जुनकिरीलाई हेरेर रमित उपहासपूर्ण हाँसो हास्यो । आफुलाई हेरी हाँस्ने श्रीमानलाई जुनकिरीले ठुलाठुला आँखापार्दै भनि,“तरकारीको बारी नै बोकेर ल्यायौ कि क्या हो ? तर्सिने गरी पछार्यौ त ?” रमितले फिस्स हाँसेर भन्यो,“तिमीले ठिक भन्यौ प्रिय बारी त होईन भारी भने ल्याएको छुँ ।” श्रीमानले ल्याएको तरकारी हेरी जुनकीरी रिसाउँदै भनी,“दुईजनालाई खान पनि यतिधेरै काउली ?”

रमितले जुनकिरीलाई कर्के आँखाले हेर्दै भन्यो,“जे जे गरेपनि श्रीमतीलाई चित्त बुझाउन गाह्रो छ । केही गर्यो भएन भन्ने कचकच, नगरे झनै कचकच । रमितको कुरा सुनेर च्याठ्यीएर नाक बाङ्गो बनाउँदै जुनकीरीले भनी,“ढङ्गको काम गरे पाे कचकच हुँदैन । एककिलो तरकारी ल्याउ भनेको ,भारी ल्याएर आउँछौ अनि तिम्रो आरती उतारेर बसुँ त ?” रमितले सम्झाउँदै भन्यो ,“एक किलाेको मुल्यमा एकभारी पाईयो त फाल्नु ? दस रुपैया किलो भन्थ्यो, जिस्केको होला भनेर दुईसय रुपैया दिएको त भारी नै सुम्पेर गयो । अन्य ठाउँमा पनि मुल्य त्यस्तै रहेछ ।

श्रीमानको कुरा सुनेर एक्काएक गहभरी आँसु निकालेर जुनकीरीले भनी,“हरे मेरो देश ! कहिले उभोँ लाग्ला ? कृर्षि प्रधान देश रे ! बर्षभरी घोटिएर उत्पादित खेती बेच्दा कृषकले बिउको पनि मूल्य पाउँदैन । जमिन,श्रम,मलको लागत खोइ ? अनि आम्दानी कता छ ? यस्तै हो भने कर्मशीलहरु कसरी बाँच्ने र बस्ने हो यो देशमा ! कृषकले फूल सडकमा बिच्छाउन वा दुध नालीमा बगाउन चाहे टमाटरकै खाेला बगाउन सरोकारवालाको दिमागको बिर्को बन्दभए कसको के लाग्दो रहेछ र ! स्वदेशी उत्पादनको मूल्य छैन, आयातित बस्तु छोई नसक्नु छ । अव बाँच्ने कसरी हो यो मुलुकमा ?”

श्रीमतीका गम्भीर बिलौना सुनेर रमित भक्कानियो । उसको मानसपटलको राष्ट्रियताकाे भल भत्किएर छताछुल्ल भयो । आफ्नो आँखाका आँसु आखाका डिलिभत्रै लुकाउँदै जुनकिरीका आँसु पुच्छ्दै भन्यो,“यो देशमा कृषक र उद्यमी भई जन्मनुनै अभिशाप रहेछ । यहाँ बाँच्नका लागि ठग, फटाह र भ्रष्ट हुनैपर्ने रहेछ ? श्रीमानको मुख आफ्नो हातले थुनिदिदै जुनकिरीले भनी, फटाह र भ्रष्ट हुनुभन्दा त श्रम र इमानको मूल्य जहाँ हुन्छ त्यतै जाउँ ।”

खै के साेँचेर रमितले अंगालाेकी श्रीमतीको ढाडमा सुमसुम्याउदै बरण्डाभरी छरपस्ट काउलीका फूलहरुमा एकटकले हेरिरह्यो•••• !

-गोपीराम भण्डारी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }