शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेताहरुले मुलुकको आर्थिक समृद्धिका लागि राम्रो काम गर्न सकेनन् : अध्यक्ष तिमिल्सिना


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर १९, २०८०
  • 87
    SHARES

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेताहरुले मुलुकको समृद्धिका लागि राम्रो काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको संघर्ष गरेका नेताहरुले मुलुकको समृद्धिका लागि भने राम्रो काम गर्न नसकेको बताउनुभएको हो ।

मंगलबार काठमाडौंमा आयोजित बालक्लवका पूर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले युवा पुस्तालाई मुलुकको सुशासन र समृद्धिको लागि संघर्ष गर्न पनि आग्रह गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले अघिल्लो पुस्ताका नेताहरुले व्यवस्था परिवर्तनका लागि गरेको संघर्षप्रति धन्यवाद दिँदै युवा पुस्ताले मुलुकको सुशासन र समृद्धिको खाकासहित राजनीतिमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो । युवाहरु विदेश जानै हुन्न भन्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै उहाँले त्यहाँको सीप, ज्ञान र अनुभवलाई लिएर राष्ट्र निर्माणका लागि स्वदेशमै फर्कनुपर्ने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउने कुरामा युवाहरु दृढ अठोटका साथ अघि बढनुपर्ने बताउनुभयो । उहाँले बालक्लवमा आवद्ध युवाहरुले भावी दिनमा राष्ट्र निर्माणका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्नेलक्ष्यसहित अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }