शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जनकपुर–अयोध्याःसीताराम दर्शन तथा पर्यटन प्रवद्र्धन कार्यक्रमको तयारी पूरा


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १३, २०८०
  • 115
    SHARES

काठमाडौं । होटल संघ नेपालले आउँदो मार्च ३ देखि ६ सम्म सीताराम दर्शन तथा पर्यटन प्रवद्र्धन कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । उक्त कार्यक्रममा काठमाडौं लगायतका देशैभरिबाट ७० भन्दा बढी सदस्य होटलहरुले भाग लिने छन् ।

नेपालको प्रचारप्रसार र पर्यटन प्रवद्र्धन कार्यका लागि परम्परा अनुसार जानकी मन्दिरमा पूजा अर्चना तथा आरती गरी प्रसाद सौगातका साथै अन्य उपहारसहित अयोध्या राम मन्दिरमा चढाइने पनि जनाइएको छ । यस कार्यक्रमबाट नेपाल र भारतबीच सदियौंदेखि रहिआएको धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध झनै प्रगाढ भई भारतबाट धार्मिक पर्यटकहरु नेपाल भित्र्याउन मद्दत पुग्ने पनि होटल संघ नेपालले जनाएको छ ।

लखनउमा हुने बीटुबी कार्यक्रममा स्थानीय तथा कानपुर र गोरखपुरका सयजना भन्दा बढी प्रतिष्ठित टूर अपरेटरका साथै स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहने छ । सोही अवसरमा आयोजना हुने नेपाल साँझ कार्यक्रममा बर्दिया, नेपालगञ्ज, लुम्बिनी, वीरगन्ज, विराटनगर, पोखरा, चितवन र काठमाडौंका साथै मुलुकका सातै प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलको प्रस्तुतिकरण रहने होटल संघ नेपालले जनाएको छ ।

आउँदो गर्मीको छुट्टीमा धेरैभन्दा धेरै परिवारसहितको भारतीय पर्यटकहरुलाई नेपाल घुम्न आकर्षित गर्न यस किसिमको कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ । सोही कार्यको प्रचारपं्रसारका लागि होटल संघ नेपालले हिन्दी भाषामा आकर्षक पर्यटन परिचय पुस्तिका पनि प्रकाशित गरी वितरण गर्ने जनाएको छ ।

भारतको अयोध्यालाई आध्यात्मिक केन्द्रको रुपमा विकास गरिरहेको परिप्रेक्ष्यमा करोडौं पर्यटकहरु उक्त स्थानमा आउने हुँदा नेपाल सीमाभन्दा २ सय किमी आसपास मात्र टाढा भएको उक्त स्थानबाट केही प्रतिशत मात्र पर्यटक नेपाल आकर्षित गर्न सके पर्यटन उद्योगमा टेवा पुग्ने लक्ष्य राखिएको समेत संघले जनाएको छ ।

यस कार्यक्रमलाई संघको वार्षिक क्यालेन्डरमा राखी प्रचारप्रसारका कार्यक्रम तय गरिने संघको विज्ञप्तिमा उल्लेख छ ।

उपरोक्त कार्यक्रमबाट ‘चलिए पोखरा’, ‘घुमिए सौराहा’, ‘चलु जनकपुर’जस्ता क्षेत्रीय पर्यटन प्रवद्र्धनका कार्यक्रमको सफलतामा प्रत्यक्ष योगदान पुग्न गई

 आउँदो गर्मी याममा भारतमा संचालन गरिने ‘गर्मी से बेहाल चलो नेपाल’जस्ता कार्यक्रम पनि प्रभावकारी रहने संघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }