शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

डा. पुरण राईका पाँच कृति एकसाथ लोकार्पण


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १३, २०८०
  • 122
    SHARES

डा. पुरण राईका पाँच कृति एकसाथ लोकार्पण

डा. पुरण राईद्वारा लिखित विभिन्न पाँच विधाका पाँच कृतिको एकैसाथ लोकार्पण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्धारा साे कृतिहरुकाे लोकार्पण गरिएकाे हाे।

सोही कार्यक्रममा डा. राईका अन्य कृतिहरु कोभिड दैनिकी ‘डरका बिम्वहरु’, उपन्यास ‘वसन्त रितु’, नाटक ‘लासमाथिको मानवता’ र विश्लेषण ‘आप्रवासी नेपाली कवितामा अलङ्कारविधान’ पनि लोकार्पण गरियो ।

मन्त्री किरातीले लेखक डा. राईलाई बधाई दिँदै सबै साहित्यकार एवं लेखकलाई समाजवादको विकासका निम्ती कलम चलाउन आग्रह गरे । “नेपाली समाजको गर्भभित्र समाजवादको भ्रुणहरु छन् । लेखकहरुले त्यसलाई उजागर गर्नुपर्छ”, उनले भने ।

त्रिभुवन विश्वविद्यालयका प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलले ‘आप्रवासी नेपाली कवितामा अलङ्कार विधान’ माथि समालोचना गर्दै आप्रवासी नेपाली कवितामा अलङ्कार विधानमा नै केन्द्रित भएर गहन अध्ययनका साथ तयार पारिएको पहिलो शोधप्रबन्ध भएकाले यसको विशेष महत्व भएको धारणा राखे ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राईले लेखक डा. राईलाई शुभकामना व्यक्त गर्दै लेखकको बहुआयामिक व्यक्तित्व लेखनमा झल्किएको बताए ।

अनलाइन अभिलेख प्रा.लि.द्वारा प्रकाशित उक्त कृतिमा प्रा. डा. विष्णु राई, झरना सञ्चारका सम्पादक सोमनाथ दाहाल र डा. भक्त राईले समालोचना गरे ।

नेपाल एयरलाइन्समा कार्यरत लेखक डा. राईले उपन्यास र नाटक आफ्नो पहिलो प्रयास भएको सुनाउँदै लेखनका सन्दर्भमा आवश्यक सुझाव र सल्लाह दिने सबैप्रति आभार प्रकट गरे । “डरका विम्बहरु, विश्वव्यापी महामारी कोभिडले आक्रान्त बनाएका मानिसको कहानी हो”, उनले आफ्नो दैनिकी ‘डरका विम्ब’ बारे भने, “म पनि हजारौँ मानिस प्रवाह हुने अन्तर्राष्ट्रिय विमानस्थलमा दिनरात खटिने कारिन्दा भएकाले यी कहानीको देखि जान्ने, सुनी जान्ने साक्षी हो ।”

May be an image of 6 people and text

May be an image of 7 people and text

May be an image of 2 people and text that says 'आप्रवासी नेपाली कविताना अलड्कारविधान डा. पुरण राई वसन्त टितु डा. पुरण राई डरका विस्वहार पुरण राई A अस्तु डा.पुरणराई राई लासमाथिको मानवता पुरण डा.पुरणराई राई'

May be an image of 2 people and dais

May be an image of 6 people and television

May be an image of 9 people and crowd

May be an image of 3 people, lighting and crowd

May be an image of 12 people and text

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }