शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रहरीलाई निलम्बन गरेर मनोवल घटाउँदा संसदभित्र छिर्छन् आन्दोलनकारी


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १४, २०८०
  • 190
    SHARES

काठमाडौँ । बालकुमारी घटनामा प्रहरीका उच्च अधिकारीलाई निलम्बन गरेसँगै प्रहरीको मनोवल गिर्न थालेको छ ।

बालकुमारी घटनामा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगोलागी भएसँगै भीडलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको घटनालाई लिएर प्रहरी अधिकारी निलम्बनमा परेसँगै प्रहरीको मनोवल गिरेको हो ।

संसद भवन नयाँ बानेश्वरमा संसदको बैठक चलिरहेको अवस्थामा लघुवित्त पीडित छिरेसँगै प्रहरीमाथि कसरी छिरे भन्ने बारेमा चौतर्फी प्रश्न उठ्न थालेको छ ।

यसअघि बालकुमारी घटनालाई लिएर प्रहरी अधिकृत निलम्बन गरेसँगै प्रहरीले आफ्नो जागिर जोगाउनका लागि आन्दोलनकारीमाथि पानीको फोहोरा, अश्रुग्याँस, गोली नचलाउँदा दिउँसै संसद भवनभित्र आन्दोलनकारी प्रवेश गरेका छन् ।

संसद भवनभित्र आन्दोलनकारी प्रवेश गरेसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्नसमेत उठेको छ । गृहमन्त्रीले आज साँझ सुरक्षा प्रमुखहरुको आकस्मिक बैठकसमेत बोलाएका छन् ।

प्रहरीलाई दोषी देखाएर आफू उम्कने गृहमन्त्रीको प्रयासलाई पछिल्लो समय विभिन्न दलका सांसदहरुले प्रश्न गर्न थालेका छन् भने कतिपय सांसदले राजीनामा समेत मागेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }