शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौं–हेटौंडा जोड्ने सबैभन्दा छोटो बाटो आजदेखि खुला


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन १६, २०८०
  • 150
    SHARES

काठमाडौं । कुलेखानी–फाखेल सडक खण्ड आजदेखि खुलेको छ । स्तरोन्नतिका लागि गएको पुस १६ गतेदेखि यो सडक खण्डमा गाडी सञ्चालनमा रोक लगाइएको थियो । कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड बाग्मती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्ग हो ।

 

यसैबीच, मकवानपुर भएर काठमाडौं जोड्ने अर्को छोटो दुरीको कुलेखानी–महालक्ष्मी खोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडकखण्ड हिजोदेखि एक हप्ताका लागि बन्द गरिएको छ । यो सडक खण्डमा रोलर ग्रेडर सहितको सबवेस राख्ने काम भैरहेकाले एक हप्ताका लागि गाडी सञ्चालनमा रोक लगाइएको इन्द्रसरोवर गाउँपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }