शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पाँचखालमा अमेरिका र अस्ट्रेलियासहित १८ देशका सेना जम्मा, १२ समूहमा तालिम


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन १६, २०८०
  • 102
    SHARES

 

काभ्रे । शान्ति सेनामा सहभागी हुने फौजको पेशागत दक्षता अभिवृत्ति गर्न काभ्रेपलाञ्चोकको पाँचखालमा विभिन्न १८ देशहरुका सेना सम्मिलित अभ्यास तालिम भइरहेको छ ।

फागुन ८ गते सैनिक मुख्यालय भद्रकालीबाट उद्घाटन भएको तालिम कार्यक्रम पाँचखालमा जारी छ । तालिममा अमेरिका, अस्टे«लिया, पाकिस्तान, बङ्गलादेश, फिजी, घाना, मलेसिया, इण्डोनेसिया, मङ्गोलिया, थाइल्याण्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरिया लगायतका १८ वटा देशहरुका सैनिक सहभागी रहेका छन् । तालिम फागुन २१ गते पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा सम्पन्न हुने केन्द्रका महासेनानी सञ्जित श्रेष्ठले बताउनु भयो । उहाँकाअनुसार शान्ति सेनामा निकट भविष्यमा जाने सेनाहरुलाई मध्यनजर गरी तालिम गरिएको हो । उहाँले । १४ दिनको तालिममा १० वटा सैनिक टुकडीहरु विदेशका र दुई वटा नेपाली गरी १२ वटा सैनिक टुकडी रहेको बताउनु भयो । नेपालको तर्फबाट भने निकट भविष्यमा शान्ति सेनामा समावेश हुने टुकडीलाई नै समावेश गरेको बताउनु भयो । एशियाका पाँच वटा देशमा हरेक वर्ष यस किसिमका तालिम हुने गरेको उहाँले बताउनु भयो । जसमध्ये नेपाल, बंगलादेश, इण्डोनेसिया, मलेसिया र मंगोलिया रहेका छन् । शान्ति सेनामा रहँदा भएका केही कमी कमजोरीलाई तालिमले निखार्ने बताउनु भयो । शान्ति सेनामा विभिन्न देशमा जानुपर्ने र त्यहाँ समन्वयको अभाव हुने भएकाले यो तालिम विशेष गरी सहकार्य र समन्वयका लागि आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वीरेन्द्र शान्ति तालिम केन्द्र हाम्रो विदेशमा शान्ति कार्यका लागि जानु भन्दाअघि यहाँ हामीले १४ हप्ताको तालिम गरेर पठाउँछौँ । एक्सरसाइज पनि त्यही शान्ति कार्यसँग सम्बन्धित छ । विदेशमा हाम्रो गणहरु जाने साथसाथै स्टाफ अफिसर, मिलिट्री अब्जबर, त्यो स्टाटसमा पनि जानुहुन्छ । हाम्राउ यो एक्सरसाइजको उद्देश्य हामीमात्रै नभएर अरु विभिन्न देशहरुको शान्ति सैनिकहरु हुनुहुन्छ । जो विभिन्न शान्ति मिसनमा गइरहनुभएको छ, त्यो सबैलाई समेटेर गरिएको छ । यसमा अहिले नेपालसहित १८ वटा देशहरु छन् । १८ देशलाई समावेश गरेर यो तालिम सञ्चालन भइरहेको छ । सिरिया, पाकिस्तान, बंगलादेश र नेपाल चार देश छौँ । आशियानतर्फ इण्डोनेसिया, मंगोलिया, भियतनाम, थाइल्याण्ड र फिलिपिन्स छन् । अरु एशियनमा मंगोलिया र दक्षिण कोरिया रहेको छ । उत्तर अमेरिकाबाट अमेरिका र क्यानडा छ । अस्टे«लिया र फिजी पनि रहेका छन् । यो तालिम ८ गतेदेखि शुरु भएको हो । २१ गते सम्पन्न हुन्छ । १४ दिनको तालिममा १० वटा सैनिक टुकडीहरु विदेशबाट आएको छ । हाम्रो देशको दुई वटासहित १२ वटा छ ।’

 

अभ्यास तालिमका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सेनानी सुरज बस्न्यातले शान्ति कार्यको दौरानमा शान्ति सैनिकहरुले दैनिक गर्नुपर्ने मुख्य कामलाई निखार्न तालिम सञ्चालन गरिएको बताउनु भयो । उहाँले कन्ट्रोलिङको कारबाही, चेक प्वाइन्टको कारबाही, घेरा गर्ने, मानिसहरुको सुरक्षा, नयाँ थपिएको काम सैनिकहरु कुनै ठाउँमा अड्कियो भने उनीहरुलाई ल्याउनुपर्ने कार्यहरु लगायतका कुराहरु तालिममा सिकाइएको बताउनु भयो । तालिममा संयुक्त राष्ट्र महासंघका परिवर्तित व्यवस्थाबारेमा पनि शान्ति सेनालाई जानकारी गराइएको बताउनु भयो । शान्ति स्थापनाका दौरान विभिन्न देशमा जाँदा समन्वयको अभाव हुने र त्यसको समाधानका लागि तालिम सञ्चालन गरिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शान्ति कार्यको दौरानमा शान्ति सैनिकहरुले गर्नुपर्ने दैनिक हुने मुख्य अप्रेशनहरु सिकाइएको हो । कन्ट्रोलिङको कारबाही, चेक प्वाइन्टको कारबाही, घेरा गर्ने, मानिसहरुको सुरक्षा, नयाँ थपिएको काम सैनिकहरु कुनै ठाउँमा अड्कियो भने उनीहरुलाई ल्याउनुपर्ने कार्यहरु त्यो कार्यहरुलाई समावेश गरी यो फिल्ड ट्रेनिङ गरिएको हो । नेपालसहित ११ वटा देशका १२ वटा समूहलाई तालिम गराइरहेका छौँ । युएनसँग सम्बन्धित बदिलिँदो के कुरा भइरहेको छ, त्यसबारेमा शान्ति सेनालाई जानकारी गराउने, त्यो बारेमा अभ्यास गराउने हो । शान्ति सेनाको दौरान विभिन्न देशमा जाँदा समन्वयको अभाव हुने र त्यसलाई समाधानका लागि यो तालिम गरिएको छ ।’

 

अभ्यासमा १ हजार १ सय ६२ जना सैनिक सहभागी रहेको बताइएको छ । २८ जना सैन्य अधिकृतहरुले विभिन्न विषयमा तालिम दिइरहेका छन् । युद्ध भइरहेको देशमा पट्रोलिङ र कर्डन एण्ड सर्च अपरेसन कसरी गर्ने भन्नेसहित ३ वटा मुख्य विधामा तालिम भइरहेको छ ।

 

राष्ट्रसङ्घको सामान ढुवानी गर्दा कसरी स्कर्टिङ गर्ने र मिसन इलाकामा शंकास्पद बिस्फोटक पदार्थ भेटिए कसरी डिस्पोज गर्ने भन्नेबारेमा तालिम केन्द्रमा तालिम गराइएको छ । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }