शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नाभाल्नीको अन्त्येष्टि शुक्रबार मस्कोमा हुने


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १७, २०८०
  • 75
    SHARES

एजेन्सी । आर्कटिक जेलमा गत हप्ता मृत्यु भएका रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको अन्त्येष्टि शुक्रबार मस्कोको एक चर्चमा गरिने भएको उहाँका राजनीतिक सहयोगीले बताएका छन् ।

नाभाल्नीको मृत्यु भएको एक साताभन्दा बढी समयपछि अधिकारीहरूले गत शनिबार उहाँको शव उहाँकी आमालाई सुम्पेका थिए ।

नभाल्नीका सहयोगी समूहले सामाजिक सञ्जालमा बुधबार पोष्ट गरेको सन्देशमा भनिएको छ, “नभाल्नीको अन्त्येष्टि १ मार्चका दिन मेरिनोको ‘मदर अफ गड क्वेन्च माई सोरोज’ नामक चर्चमा स्थानीय समय अनुसार दिउसो २ः०० बजे गरिनेछ । सबै जना समयमै त्यहाँ आइपुग्नुहोला ।”

उहाँको अन्त्येष्टि नजिकैको बोरिसोभ कब्रिस्तानमा गरिने बताइएको छ । उहाँको टोलीले सेवा आयोजना गर्न इच्छुक चर्च भेट्टाउन गाह्रो भएको बताएको छ ।

“हामीले मार्च १ का लागि चर्च र हल खोज्न थाल्यौं। जताततै तिनीहरूले हामीलाई केही पनि दिन इन्कार गरे । केही ठाउँमा हामीलाई यो निषेध गरिएको बताइयो,” निर्वासित सहयोगी इवान झादानोभले पोष्ट गरेको सन्देशमा भनिएको छ ।

“हामीलाई उनीहरूको निर्देशनको कुनै मतलव हुने छैन । नाभाल्नीको अन्त्येष्टि आवश्यक छ । अन्तिम सम्मान गर्ने मौका पाउनका लागि पहिल्यै आउनु नै बेस हुन्छ,” उहाँले सन्देशमा लेख्नुभएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा मुखर आलोचक नाभाल्नीको गत फेब्रुअरी १६ मा उत्तरी साइबेरियाको सबैभन्दा कठिन कारागारमा निधन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }