शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

खेलाडीको रुपमा मैदानमा नभएपनि मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु: सावित्रा भण्डारी


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १७, २०८०
  • 73
    SHARES

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले वाफ च्याम्पियनसिपको फाइनलमा खेलाडीको रुपमा मैदानमा नभएपनि मैदानबाहिर आफ्नो देशको समर्थनमा हुने बताएकी छन् ।

फ्रान्सेली क्लबमा अनुबन्धित साम्बाले फिफाको नियम अनुसार आज रातिहुने जोर्डनविरुद्धको फाइनल खेल खेल्न नपाउने भएपछि यस्तो बताएकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई हौसला दिएकी छन् । उनले फाइनलमा पनि आफ्नो लय कायम राख्दै टोलीले उपाधि घर लिएर जाने विश्वास व्यक्त गरेकी छन् । उनले भनेकी छन्,‘मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टिमको रुपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौं । प्रतिद्वन्द्वी कठिन भएपनि हामी पुनस् एकपटक एकजुट भएर जित हासिल गर्नेछौं भन्ने विश्वास मैले राखेको छु ।’

पैसाको लागि आफनो देशको तर्फबाट फाइनल नखेलेको आरोप लागेपछि साबित्राले देशका लागि खेल्नु आफनो लागि आज पनि उत्तिकै महत्वपूर्ण भएको बताएकी छिन् । ‘खेलाडीको रुपमा मैदानमा नभएपनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु । र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थें, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु । शुभकामना टिम । हामी सक्छौं, हामी गर्छौं।’, उनले भनेकी छिन्, ‘वाफ महिला च्याम्पियनसिपमा हामी फाइनल खेल्दैछौं, तर एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ । क्लबले सधैं मेरो लागि सहज वातवरण सिर्जना गरिदिएको छ, र यसपटक पनि फिफाले तोकेको भन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }