शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

खल्ती क्यु आरमा अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा उपलब्ध


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १७, २०८०
  • 85
    SHARES

काठमाडौं । नेपाल–भारत अन्तर्देशीय डिजिटल भुक्तानीको सुविधा अब कार्यान्वयनमा आउने भएको छ। यस सँगै खल्तीले फोनपे सँगको सहकार्यमा भारतीय पर्यटकले आफ्नो डिजिटल वालेट प्रयोग गरि नेपाली बजारमा रहेका  २० हजारभन्दा बढी खल्ती क्यु आर मा आबद्ध मर्चेन्टहरूलाई डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ ।

खल्तीले नेपालको भुक्तानी नेटवर्क र भारतको नेशनल पेमेन्ट कर्पोरेशनसँगको सहकार्यमा, दुई देश (नेपाल–भारत)बिच मोबाइल वालेटको क्यू आर मार्फत भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको हो ।

खल्तीको यस सुविधा अन्तर्गत भारतीय पर्यटकले अब एजयलभ ca Phone Pe, BHIM UPIजस्ता NPCI अन्तरगत पर्ने वालेट प्रयोग गरि नेपाली बजारमा कुनै पनि फोनपे अन्तर्गत रहेको खल्ती क्यु आर स्क्यान गर्दै नेपाली बजारमा रहेका मर्चेन्ट व्यवसायीहरुलाई डिजिटल भुक्तानी गर्न सक्ने छन्। भारतीय वालेटबाटै भुक्तानी हुने हुँदा पर्यटकहरूले साटही र कार्डको झनझटबाट बाट मुक्त भई यो सुविधाको लाभ उठाउन सक्नेछन् ।

नेपाली साना तथा मझौला मर्चेन्ट व्यवसायीहरूले सजिलै खल्ती क्यू आर मार्फत भारतीय पर्यटकहरूबाट भुक्तानी लिन सक्नेछन् र आफ्नो व्यवसायको आर्थिक पाटोलाई थप सुदृढ गर्न सक्नेछन् ।

खल्तीले अन्तर्देशीय डिजिटल भुक्तानीको सेवा उपलब्ध गराउन आवश्यक पर्ने आफ्नो सम्पूर्ण पूर्वाधार निर्माण गरिसकेको छ ।  यो सुविधा तुरुन्तै सञ्चालनमा ल्याउने र आफू सँग जोडिएका सम्पूर्ण मर्चेन्ट व्यवसायीहरूलाई यस सेवा बारे थप तथा अतिरिक्त जानकारी प्रदान गर्ने कुरा खल्तीले  बताएको छ ।

साथै, अबको केहि दिनमा नै नेपाली नागरिकले खल्ती वालेटबाट भारतीय बजारमा क्यु आर स्क्यान गरि भुक्तानी गर्न  व्यवस्था ल्याउने कुरा खल्तीले  बताएको छ।

यस बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन् “आफूसँग आबद्ध मर्चेन्ट व्यवसायीहरूलाई देशमै यसरी पहिलो पल्ट अन्तर्देशीय डिजिटल भुक्तानी सेवा प्रदान गर्ने वालेटको रूपमा काम गर्न पाउँदा हामी निकै नै हर्षित छौँ। सबै नेपालीका लागि वित्तीय समावेशीकरणको उदेश्यका साथ अगाडी बढी रहेको खल्तीले आफ्ना २० हजार भन्दा बढी मर्चेन्ट व्यवसायीहरूलाई यस सुविधा प्रदान गर्न पाउँदा यस चरणलाई कोशेढुंगाको रूपमा लिएको छ । नेपाल–भारत अन्तर्देशीय डिजिटल भुक्तानीको सुविधाले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउदै समृद्धि र विकासलाई बढवा दिने कुरामा हामी विश्वस्त छौँ। ”

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }