शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १७, २०८०
  • 102
    SHARES

काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो ।

सामाजिक अभियन्ता बताउने वाइबालाई वुधबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको थियो ।

कलाकार खतिवडाले आफूलाई कुटपिट गरेको भन्दै उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता गराएका थिए । पवनले शर्मिला वाइबा, पत्नी सुम्निमा खालिङ र बहिनी गंगा मिलेर उनी बसेको घरभित्रै गएर हातपात गरेको आरोप लगाएका छन् । पक्राउ परेपछि वाइबाले भने आफूले कुटपिट नगरेको बताएकी छिन् ।

पवनको पत्नी सुम्निमासित विवाद चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }