शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्छः अध्यक्ष नेपाल


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १७, २०८०
  • 97
    SHARES

चितवन- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दावी गर्नुभएको छ ।

बिहिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दावी रहेपनि यसमा सहमति जुट्ने बताउनुभएको हो ।

उहाँले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको धारणा राख्नुभयो । उहाँले केहि समस्या आए छलफल गरेर सहमतिमा पुगिने जिकिर गर्नुभयो । गठबन्धनभित्र दरार देखिए हल गरिने उहाँको भनाइ छ ।

अध्यक्ष नेपाल भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन पुग्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }