शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपालाई प्रदीप पौडेलको प्रश्नः निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन ?


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २६, २०८०
  • 120
    SHARES

 

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने स्पष्ट पार्नुभयो । उहाँले छानबिनका लागि निर्दोष छु भन्नेहरु छानबिन समिति बनाउन किन तयार नहुनुभएको ? भन्दै प्रश्न गर्नुभयो । उहाँले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो ? भन्ने प्रश्न गर्नुभयो । उहाँले कुनैपनि घटना विशेषको सत्यतथ्य खोजिनुपर्ने बताउनु भयो । उहाँले प्रश्न उठ्दैमा र आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ भन्ने नभएपनि आरोप लागिसकेपछि सत्यतथ्य छानबिन गर्ने काम सरकारको भएको बताउनु भयो । उहाँले सरकारले सुशासन कायम गर्न सुशासनका सबै मान्यतालाई अंगीकार गर्नुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न आजसम्म भएका अनियमितताको छानबिन अपरिहार्य भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि घटना विशेषको तथ्यसत्य के हो ? भन्नेकुरा खोजिनुपर्छ । प्रश्न उठ्दैमा आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ भन्ने होइन । तर आरोप लागिसकेपछि त्यसको छानबिन गर्ने, सत्यतथ्य बाहिर ल्याउने काम सरकारको हो । सरकारले सुशासन कायम गर्ने हो भने सुशासनका सबै मान्यतालाई अंगीकार गरेको हुनुपर्छ । प्रश्न आफूलाई उठ्यो, त्यो कुराको वास्ता नगर्ने र अरुलाई प्रश्न उठाउने कुरा मात्रै सरकारमा बसेर स्वभाविक हुन सक्दैन । सुशासन पहिलो चाहना र आवश्यकता हो । सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्छ । भ्रष्टाचार अन्त्य गर्न आजसम्मका जतिपनि घटना छन्, काण्डहरु छन्, त्यसको छानबिन हुनुपर्छ, सत्यतथ्य बाहिर ल्याउनुपर्छ । निष्पक्ष ढंगले छानबिन हुने स्थिति हामीले सिर्जना गर्नुपर्छ । सरकारको संयन्त्र विश्वसनीय छैन भनेर यो भन्दा अघि पनि धेरै पटक भनिएको छ । हामीले विश्वसनीय छैन भनेर विभिन्न संसदीय समितिहरु बनायौँ । छानबिन समिति बनायौँ । राज्यको संयन्त्रले राजनीतिक मानिसलाई छुन सक्दो रहेनछ, राजनीतिक मानिस त्यो पनि सत्तामा बसेका व्यक्तिहरुसँग प्रश्न गर्नै सक्दा रहनेछन् भन्नेकुरा सबैले बुझेका छौँ । निष्पक्ष छानबिनका लागि सत्यतथ्य खोज्नसक्ने समिति बनाएर छानबिन गर्ने स्थिति बनाउनुपर्छ । सहकारीको विषय केही तथ्यहरुसँग जोडिएको छ । हामीले छानबिन प्रभावित हुने स्थिति भएको कारणले संसदीय समिति बनाउनुपर्छ भनेको हो । समिति बनाउँदा सत्ताको अंक गणितको आधारमा हुन्छ । सत्तारुढ गठबन्धनले संसदीय समिति बनाउँदा र सत्तामै भएको व्यक्तिमाथि छानबिन गर्दा पनि संसदीय समितिको बहुमत त्यही गठबन्धनकै हुन्छ । संयोजक पनि त्यही पक्षबाट आउनुहुन्छ । काँग्रेसबाट गएका केही प्रतिनिधिले सत्यलाई ढाकछोप गर्ने स्थिति हुँदैन । त्यसैले छानबिनका लागि निर्दोष छु भन्नेहरु किन तयार नहुनुभएको त ? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष सावित हुनु राम्रो हुन्छ । दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो भयो । हामीले पूर्वाग्रह राखेको होइन, नयाँ कुरा गरेको होइन । नेपाली काँग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि हटेको छैन, हट्दैन ।’

 

सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानबिन समितिहरु बन्ने गरेको जिकिर गर्नुभयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }