मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सहकारीका कारण नेपालको अर्थतन्त्रमा सुस्तता आएको हो : नेता प्रदीप पौडेल


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २८, २०८०
  • 80
    SHARES

काठमाडौँ, २८ चैत । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सहकारी समस्याका कारण नेपालको अर्थतन्त्रमा सुस्तता आएको बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समितिमा प्रतिनिधित्व हुने गण्डकी प्रदेशका विद्यार्थीले आज यहाँ आयोजना गरेको ‘नयाँ बर्षको शुभकामना आदानप्रदान तथा समसाययिक राजनीतिकको बारेमा आयोजित अन्तक्र्रिया’मा बोल्दै उहाँले सहकारीका कारण नेपालको अर्थतन्त्रमा समस्या आएको बताउनुभएको हो ।

“नेपालको अर्थतन्त्र सुस्त हुनु सहकारी भित्रको अव्यवस्थिताले हो, नेपालको आर्थिक प्रणालीसँग जोडिएको विषयलाई कांग्रेसले संसदमा सशक्त ढंगले उठाउन खोजेको हो, यो गृहमन्त्रीको विषयमात्र होइन, ७३ लाख जनतासँग जोडिएको समस्या हो,”–उहाँले भन्नुभयो । आम जनताले दुःख गरेर जम्मा गरेको पैसा केही छट्टु र ठगले लुट्न नमिल्ने उहाँको भनाई थियो ।

नेता पौडेलले विगतको समयमा जस्तो अहिले विद्यार्थी आन्दोलन सशक्त ढंगले अगाडि नबढेको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्दा र जनजिवीकासँग जोड्न आग्रह समेत गर्नुभयो । “जुन सङ्गठनले आफ्नो सैदान्तिक एजेण्डालाई स्पष्ट ढङ्गले प्रस्तुत गर्न सक्दैन, त्यो सङ्गठन सामाजिक सङ्गठन हुन सक्दैन,”– उहाँले भन्नुभयो ।

नेविसङ्घका पूर्वअध्यक्ष पौडेलले शैक्षिक मुद्दालाई नेविङ्घले आफ्नो एजेण्डामार्फत सुत्रवद्ध गरेर अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । विद्यालयको शैक्षिक वातावरण सुधार्नका लागि विद्यालयस्तरमा नेविसङ्घको आवश्यकता रहेको उहाँको भनाई थियो ।

कार्यक्रमका संयोजक एवम् नेविसङ्घका केन्द्रीय सदस्य सन्तोष गुरुङले गण्डकी प्रदेशभित्रका स्कूल स्कूलमा नेविसङ्घको सङ्गठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो ।

नेविसङ्घका केन्द्रीय सदस्य सुवास पौडेलले नयाँ वर्षमा नेविसङ्घले निकास पाउनुपर्ने बताउनुभयो । नेविसङ्घका केन्द्रीय सदस्य पुजन गन्धर्वले असारभित्र नेविसङ्घको १२ औँ महाधिवेशनको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।

नेविसङ्घ केन्द्रीय सदस्य डा कला पन्त, केन्द्रीय सदस्य सुदिप अधिकारी, सुवास घिमिरेलगायतले नेविसङ्घलाई विद्यार्थीको हक, हित र अधिकारमा प्रयोग गर्दै नयाँ ढंगले अगाडि बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }