मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सभामुख घिमिरेको स्वीकारोक्तिः कानून निर्माणमा संसदको हिउँदे अधिवेशन प्रभावकारी भएन

सभामुखद्वारा संसद अधिवेशन अन्त्यको घोषणा


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २, २०८१
  • 39
    SHARES

 

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलले संसदको हिउँदे अधिवेशनमा कानून निर्माण र जनसरोकारका मुद्दा मुखरित गर्ने कार्य पर्याप्त नभएको बताउनुभएको छ ।

 

सभामुख घिमिरेले आईतवार प्रतिनिधिसभा बैठकमा हिउँदे अधिवेशनमा (तेस्रो अधिवेशन) कानून निर्माण र जनताको मुद्दालाई सम्बोधन गर्ने विषयमा विगतका दुई वटा अधिवेशनभन्दा तुलनात्मक रुपमा उपलब्धि पूर्ण रहेको आफूले ठाने पनि पर्याप्त नभएको स्वीकार गर्नुभएको हो । उहाँले राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयको आधारमा आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखि हुने विश्वास समेत व्यक्त गर्नुभयो । संसद जनताको भावनालाई जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले अभिव्यक्ति दिने प्रमुख संस्था भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश पनि व्यक्त हुने उल्लेख गर्दै सभामुख घिमिरेले त्यसमा हुने बिरोध र बहस पनि स्वाभाविक रुपमा लिनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले संसदमा अभिव्यक्त जनप्रतिनिधिका आवाजलाई सरकारले गम्भिरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पु¥याउने पनि स्मरण गराउनु भयो । संसदमा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पु¥याउनसके संघीय संसदको गरिमा र समयको उचित सदुपयोग हुन्छ भन्ने आफूले ठानेको सभामुख घिमिरेको भनाई थियो । उहाँले संसद क्रियाशील र प्रवुद्ध भएमात्रै नीति निर्माणको कार्यमा गुणात्मक प्रभाव पार्नसक्ने बताउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मक रुपमा अघिल्ला अधिवेशनहरुभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको मैले महशुस गरेको छु । तर पर्याप्त भने हुन सकेन । राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका कारण आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखि हुने मैले विश्वास लिएको छु । संसद जनताको भावनालाई जनताद्धारा निर्वाचित प्रतिनिधिहरुले अभिव्यक्ति दिने प्रमुख संस्था भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश पनि व्यक्त हुन्छन् । नेपाली समाज र राजनीतिमा रहेका विविधता, बिरोध र बहस पनि स्वाभाविक रुपमा देखिन्छ । संसदमा अभिव्यक्त जनप्रतिनिधिका आवाजलाई सरकारले गम्भिरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पु¥याउँछ । संसदमा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पु¥याउनसके यस गरिमामय संस्थाको महत्व र समयको उचित सदुपयोग हुन्छ भन्ने मैले ठानेको छु । संसद जति क्रियाशील र प्रबुद्ध भयो, त्यसले त्यत्तिनै नीति निर्माणको कार्यमा गुणात्मक प्रभाव पार्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै नयाँ वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

त्यस अवसरमा सभामुख घिमिरेले संसदको हिउँदे अधिवेशन (तेस्रो अधिवेशन) लाई प्रभावकारी बनाउन भुमिका खेल्नुहुने सबै सांसद, संसद सचिवालयका अधिकारीलगायत संवद्ध सबै पक्षप्रति आभार पनि व्यक्त गर्नुभयो ।

प्रतिनिधि सभाको चालु अधिवेशन (तेस्रो अधिवेशन) आईतवार (आज) राति १२ बजेबाट अन्त्य हुने भएको छ ।

सभामुख देवराज घिमिरेले आईतवार बसेको प्रतिनिधि सभा बैठकले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द पौडेलले पठाएको पत्र पढेर सुनाउँदै सो अधिवेशनमा अन्त्य हुने औपचारिक जानकारी गराउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘माननीय सदस्यहरु, प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वतः अन्त्य हुने जानकारी गराउँदै यो बैठक यही स्थगित हुन्छ ।’

चैत्र ३० गते बसेको मन्त्रीपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }