सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ह्वाट्सएप र इन्स्टाग्राममा क्रस पोस्टिङको सुबिधा दिने फिचर आउँदै


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २, २०८१
  • 56
    SHARES

काठमाडौं । मेटाले आफ्ना सबै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सँगसँगै जोड्ने तयारी गरिरहेको छ। अब, ह्वाट्सएपमा उपलब्ध नयाँ सुविधामार्फत चाँडै इन्स्टाग्रामसँग जोडिने संकेतहरू देखिएका छन्।

यसअघि फेसबुक–ह्वाट्सएप र फेसबुक–इन्स्टाग्राममा क्रस पोस्टिङको विकल्प उपलब्ध थियो, तर अब चाँडै नै यो सुविधा ह्वाट्सएप र इन्स्टाग्राममा पनि आउने भएको छ।

ह्वाट्सएपमा एकपछि अर्को नयाँ नयाँ फिचरहरु आइरहेका छन्। कुनै पनि सुविधा रोल आउट गर्नु अघि, यो बिटा संस्करणमा परीक्षण गरिन्छ। अब एन्ड्रोइड बिटा संस्करणबाट एक सुविधाको संकेत आएको छ।

जसअनुसार, प्रयोगकर्ताहरूले इन्स्टाग्राममा पनि व्हाट्सएप स्टेटस सेयर गर्न सक्नेछन्। यो नवीनतम सुविधा आईओएस संस्करणमा पहिले नै उपलब्ध छ।

तपाईं ह्वाट्सएप र इन्स्टाग्राममा एकै साथ स्ट्याटस साझा गर्न सक्षम हुनुहुनेछ। एन्ड्रोइड फोनमा यो नयाँ फिचर आएसँगै ह्वाट्सएप र इन्स्टाग्राम दुबैमा स्टेटस सेयर गर्ने विकल्प एकैसाथ उपलब्ध हुनेछ, जसको सबैभन्दा ठूलो फाइदा भनेको प्रयोगकर्ताले एउटै प्रक्रिया बारम्बार दोहोर्याउनु पर्दैन।

यदि प्रयोगकर्ताहरू एउटै स्ट्याटस वा स्टोरी सेयर गर्न चाहन्छन् भने, उनीहरूले दुई पटक फरक एपमा जानु पर्दैन। यसले प्रयोगकर्ताहरूको समय र प्रयास दुवै बचत गर्नेछ। यसबाहेक, यो सुविधा ऐच्छिक हुनेछ र प्रयोगकर्ताहरूले यसलाई खोल्ने वा नगर्ने निर्णय आफैंले गर्न सक्छन्।

ह्वाट्सएपले पहिले नै प्रयोगकर्ताहरूलाई फेसबुक स्टोरीहरूमा स्वचालित रूपमा आफ्नो स्ट्याटस अपडेटहरू साझा गर्न अनुमति दिन्छ। जसमा तपाईले यसलाई विकल्पको रूपमा चयन गर्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }