सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रफाहमा कारवाही नरोके हतियार आपूर्ति बन्द गर्ने अमेरिकी राष्ट्रपतिको चेतावनी


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २७, २०८१
  • 39
    SHARES

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजाको रफाह शहरमा ठूलो मात्रामा स्थल कारवाही शुरु गरेमा अमेरिकाले हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिनुभएको छ ।

राष्ट्रपति बाइडनले सिएनएनसँगको अन्तरवार्ताका क्रममा रफाहमा जारी आक्रमण नरोके हाल प्रयोग भइरहेका र सम्झौता भएका हतियारको आपूर्ति रोकिने चेतावनी दिनुभएको हो ।

अमेरिकाकी विरोधका बाबजुद पनि इजरायलले रफाहमा सैन्य कारवाही जारी राख्‍नुका साथै मानवीय सहायताका लागि नाका नै बन्द गरेपछि अमेरिकाले आफ्नो दवाब बढाएको हो । दक्षिणी गाजाको भीडभाड भएको सो क्षेत्र हमासको अन्तिम प्रमुख गढ हो ।

इजरायलले गाजामा गरेको सैन्य कारवाहीका क्रममा अन्य क्षेत्रबाट आएर बसेका शरणार्थीको संख्याले रफाहमा भीडभाड बढेको हो । यस्तो ठाउँमा सैन्य कारवाही गर्दा ठूलो संख्यामा नागरिक हताहत हुनेभन्दै अमेरिका लगायतका मुलुकले इजरायललाई दवाब दिइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }