शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रेस युनियनले पत्रकार महासंघ काठमाडौँ शाखामा लगायो ताला


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १६, २०८१
  • 115
    SHARES

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा तालावन्दी गरेको छ । पत्रकार महासंघ काठमाडौं शाखाले सक्रिय पत्रकारहरुलाई सदस्यता नवीकरण गर्न छुटाइएको तथा गैह्र पत्रकारहरुको सदस्यता नवीकरण गराएको भन्दै प्रेस युनियन काठमाडौं शाखाले उपाध्यक्ष रोमन आचार्यको नेतृत्वमा महासंघ काठमाडौं शाखामा बुधबार तालाबन्दी गरेको हो ।

‘नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष र महासचिवद्वारा हस्ताक्षर भएको सदस्यताको नामावलीप्रति नेपाल प्रेस युनियन काठमाडौ शाखाको गम्भीर असहमती छ’ उपाध्यक्ष आचार्यले भने । उपाध्यक्ष आचार्यले महासंघको सदस्यता सुद्धिकरणका नाममा धेरै सक्रिय पत्रकारहरुलाई बाहिर राखेर सार्वजनिक गरिएको नामावलीप्रति युनियनको असहमती रहेको बताए ।

‘अहिले आएको सूचीप्रति हाम्रो असहमती छ, हामीलाई मान्य छैन, पत्रकार महासंघको सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभा अघि नवीकरण गरेकाहरुको पनि सुद्धिकरण हुनुपर्छ’ आचार्यले भने । प्रेस युनियन काठमाडौं शाखाले महासंघ काठमाडौ शाखाको नयाँ सदस्यता महासंघ केन्द्रबाट प्रकाशित नामावलीमा उल्लेख नभएकोमा चिन्ता व्यक्त गरेको छ ।

‘प्रेस युनियन काठमाडौ शाखा प्रक्रिया पूरा गरेर आएका नयाँ सदस्यलाई पनि निर्वाचनमा सहभागी गराइनु पर्छ भन्ने मान्यता राख्दछ । सदस्यता आह्वान गरेर प्रक्रिया पूरा गर्दै आएका पत्रकारहरुलाई महासंघको सदस्यताबाट बन्चित गरिनु हामिलाई मान्य छैन । यस्तै महासंघको प्रकाशित सदस्यता नामावलीमा केही गैह्र पत्रकारहरुको नामावली रहेको गुनासोसमेत आइरहेको हुँदा त्यस्ता नामावलीको सही र पारदर्र्शी तरिकाबाट छानविन होस भन्ने हाम्रो माग छ । यी माग पूरा नहुँदासम्म प्रेस युनियन काठमाडौ शाखा यो तालाबन्दी कायम राख्दछ।’ प्रेस युनियन काठमाडौं शाखाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

युनियन काठमाडौं शाखाले गरेको तालाबन्दी कार्यक्रमप्रति ऐक्यवद्धता जनाउन युनियनका उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल, युनियनका केन्द्रीय सचिव लालकुमार मुक्तानसहित जिल्ला शाखका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }