शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

टि-२० विश्वकपको अभ्यास खेलमा आज नेपाल र अमेरिका भिड्दै


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १७, २०८१
  • 68
    SHARES

काठमाडौं- आइसिसी टि-२० विश्वकपको दोस्रो आधिकारिक वार्म अप खेलमा नेपालले आज घरेलु टोली अमेरिका विरुद्ध खेल्दैछ । ड्यालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा यो खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

यसअघिको पहिलो खेलमा नेपाल क्यानाडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १ सय २० रनमा समेटिएको थियो ।

विश्वकप क्रिकेट आगामी जेठ १९ गतेबाट अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुदैछ । समूह डी मा रहेको नेपालको समुहमा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् । जेठ २२ गते नेदरल्यान्ड्स विरुद्ध पहिलो खेल खेल्दै नेपालले विश्वकपको यात्रा शुरु गर्नेछ ।

नेपालले समुह चरणको आफ्नो दोस्रो खेल श्रीलंका विरुद्ध जेठ ३० गते खेल्नेछ भने असार १ गते दक्षिण अफ्रिका र असार कै ३ गते बंगलादेश विरुद्ध समुह चरणको अन्तिम खेल खेल्ने तालिका छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }