शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जलवायुजन्य कारणले मात्रै मेलम्चीको बाढी आएको होइन


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २४, २०८१
  • 92
    SHARES

प्रश्नः मेलम्चीको बाढी जलवायुजन्य विपद् हो की होइन ?

जवाफः यो मिक्स छ । जलवायुजन्य पनि हो र अन्य कारण पनि हो । एउटा जलवायुजन्य कारणले मात्रै मेलम्चीको पानी आएको होइन । यसमा धेरै फ्याक्टरहरु मिसिएका छन् । मे महिना जुन वर्ष त्यो बाढी आयो । त्यो वर्षको मे महिनामा हिन्द महासागरमा दुई वटा आँधी आएका थिए । एउटा अरब सागरबाट अर्को बंगालको खाडीबाट आएका थिए । टाउटे र यास नामका आँधी दुई वटै एकै महिनामा आए । जेठको शुरुवातमा एउटा आयो भने जेठको मध्यतिर अर्को आयो । त्यो आँधीले गर्दा नेपालमा ठूलो मात्रामा पानी प¥यो । त्यो मात्रामा पानी पर्नु र त्यो पानी परिसकेपछि जुन जमिनमा पानीको मात्रा हो त्यो जमिनमा पानीको मात्रा पुगिसकेको हुनु एउटा फ्याक्टर हो । दोस्रो फ्याक्टर भनेको जुनको महिना जब नेपालमा मनसुन भित्रिन्छ । जेठको २६, २७ गतेतिर । त्यो वर्षको जेठको २७ गतेदेखि पानी पर्न शुरु भएको अवस्था थियो । कहिले १० मिलिमिटर, कहिले २२ मिलिमिटर, कहिले ४६ मिलिमिटर गर्दागर्दै ७७ मिलिमिटर भएर लगभग हामीले ४ दिनको अकुलुमिटेट रेनफल भन्छ । प्रत्येक दिनको गणना गरेर ४ दिनमा कति पानी प¥यो भन्दा २५० मिलिमिटर भन्दा बढी पानी प¥यो । यो फ्याक्टर यो पहिरो जाने सन्दर्भमा बाढी जाने सन्दर्भमा एकदमै महत्वपूर्ण हुन्छ । त्यसले गर्दा पानीको मात्रा वर्षाको मनसुन शुरु हुनुभन्दा अगाडि पनि पानी पर्नु, समुन्द्री आँधीका कारण । मनसुन शुरु हुनुभन्दा दुई, तीन दिन अघिदेखि लागतार पानी पर्नु र त्यो पानीको मात्रा लगभग २५० मिलिमिटरसम्म ५ दिनमा पानी पर्नु र त्यसको सिरानमा त्यतिबेलाको तापक्रम पनि अत्याधिक बढी भएको अवस्था हुनु र त्यसले माथिको हिमताल फुटेको अवस्था पनि विभिन्न अध्ययनबाट देखाएको छ । तापक्रम वृद्धि हुनु, पानीको मात्रा बढ्नु भनेको जलवायुका कारण हो । त्यस हिसावले हेर्दा यो जलवायुजन्य होइन भन्नेकुराको केही पनि आधारहरु छैनन् । यो जलवायुजन्य नै हो । त्यसबाहेक अर्को फ्याक्टर के भयो भने त्यति पानीले नै त्यति ठूलो बाढी आउँथ्यो त, यो प्रश्न आम जनमासमा छ । भएको के हो भने २०७२ सालमा ठूलो भूकम्प आयो, भूकम्पले त्यो क्षेत्रको ठाउँ ठाउँमा चिरा परेको अवस्था हुनु र त्यसले जमिनमा पानी सानै पानी पनि जमिनको भित्री सतहसम्म जानु र पानी आइसकेपछि जेठको अन्तिम सातादेखि लगातार पानी परेपछि जेठको ३१ गते रातिको पानीलाई समेत मध्यनजर गरेर हेर्दा त्यो पानीले पहिरो ल्याउनु र पहिरोले ४५ मिनेटजति थुनिनु । जल तथा मौस्म विज्ञान विभागको नाकोटे स्टेशनलाई विश्लेषण गर्दा ४५ मिन्ेटसम्म त्यो नदी थुनिएको अवस्था हुनु र त्यसले एउटा ताल बन्नु र त्यो ताल ४५ मिनेटपछि फुटेर त्यो नाकोटे स्टेशनले सूचना पनि दिन छोड्यो, किनभने त्यो पनि बगाइदियो । त्यसपछि समुदायले थाहा पाए र ठूलो विपत्तिको सामना भोग्नुप¥यो । हाइट्रोमेट्रोलोजिकल (जलवायुजन्य) र अरु जियोलोजिकल हाजार्ड (जमिनसँग जोडिएका विभिन्न फ्याक्टरहरुको कमिनेसन हुनु) भूकम्प आएको अवस्था हुनु, समन्द्री आँधी पनि आएको अवस्था हुनु, तापक्रम पनि वृद्धि भएको अवस्था हुनु, हिमताल फुटेको अवस्था हुनु, समग्रलाई जोड्ने हो भने यो जलवायुजन्य हो भन्ने दाबी गर्न सकिन्छ । त्यसको लागि हामीले चार, पाँच वटा अध्ययन विश्लेषण गर्दा समोडले गरेको अध्ययन, मेलम्ची नगरपालिकाले गरेको अध्ययन, एशियाली विकास बैंकले गरेको अध्ययनको विश्लेषण गर्दा यो प्यारामिटर त्यहाँ देख्न सकिन्छ ।

यो विपद् भनेको अंग्रेजीमा क्यास्टेटिङ र कम्पाउण्टिङ विपत्ति भन्छौँ । एउटा प्रकोपले अर्को प्रकोपसँग लडाईं गरेर ठूलो प्रकोप निम्त्याएको अवस्था हो । एउटै प्रकोपका कारणले विपत्ति आएको होइन । बहुप्रकोपीय सम्मिश्रणबाट जन्मेको ठूलो विपत्ति हो भन्न सकिन्छ ।

प्रश्नः यस्तो खालको सम्भावना अन्य ठाउँमा के छ ?

जवाफः मेलम्ची, हेलम्बु जलाधार क्षेत्रमा पूर्वसूचना प्रणालीका धेरै संयन्त्र थिएनन् । एउटा, दुई वटा ठाउँमा मात्रै थिए । अहिले १० वटा ठाउँमा पूर्वसूचना प्रणालीका संयन्त्रहरु जडान गरिएका छन् । त्यो भएकै नदी सिस्टममा पनि नदीमा कति पानी बगेको छ, नदीमा बाढी आयो भने कति लेभलको बाढी आएको छ, भन्ने संयन्त्र पनि थिएन । त्यो पनि अहिले त्यहाँ लगाइएको छ । पूर्वसूचना प्रणालीको हिसावले धेरै नदी सिस्टममा पूर्वसूचना प्रणाली जडान भएको, पूर्वसूचना प्रणाली बाढी आउनु भन्दा लगभग आधा घण्टा अघिदेखि, ६ घण्टाको अवधिमा त्यहाँको मानिसहरुले र अर्को ठाउँबाट गएको मानिसको मोबाइलमा एसएमएस आउने प्रणाली जल तथा मौसम विज्ञान विभागबाट भएको छ, तर त्यत्तिले मात्रै पुग्दैन । हामीले बहुप्रकोपिय अध्ययन, हिमताल विष्फोटनको अवस्था कस्तो छ ? हामीले यसै वर्षमा वीरेन्द्र तालमा माथिबाट हिम पहिरो आएर बिस्थापित भएको पनि देख्यौँ । त्यस्तो धेरै खतराको सम्भावना अरु तालहरुमा पनि छ । हिमताल विष्फोटनको सम्भावना भन्नुको अर्थ भनेको उच्च हिमाली क्षेत्रमा तापक्रम बढ्दो छ । त्यो उच्च हिमाली क्षेत्रमा बढ्दो तापक्रम र विश्व तापमान वृद्धिलाई मात्रै हामीले हेर्न हो भने १.२ डिग्रि विश्वको औषत तापक्रमलाई पनि मध्यनजर गरेर पानी पर्ने तौरतरिकाहरु अहिले तराई र पहाड, मध्यपहाडमा नभएर उच्च पहाड र उच्च हिमाली क्षेत्रमा पन िगइरहेको अवस्थालाई अध्ययन गरेर बहुप्रकोपिय क्यासटेटिङ र कम्पाउण्डिङ नेचरको त्यो प्रकृतिको विपत्तिको हिसावले पनि अध्ययन गरेर तद्तद् क्षेत्रमा कस्ता खालका उपायहरु अपनाउनु पर्छ, पूर्वसूचना प्रणाली कति समय अघि दिने भनेर पनि हामीले काम गर्ने र भौतिक संरचना निर्माण गर्दा पनि जोखिममको आँकलन गरेर मात्रै भौतिक संरचना निर्माण गर्ने हो भने मात्रै हामी सुरक्षित हुन्छौँ ।

अब जलवायुजन्य विपद् हाम्रो दुई वटा तरिकाले हुन्छ । एउटा बिस्तारै देखिने विपद् हो र अर्को आकस्मिक विपद् हो । अहिले आकस्मिक रुपमा देखिने विपद्हरु बढ्दै गएको देखिन्छ । मनाङ, मुस्ताङमा आएको बाढी, मेलम्चीमा आएको बाढी, यसपालि वीरेन्द्र ताल विष्फोट हुँदाको अवस्थ र गत वर्ष कोशी प्रदेशमा हेवा खोलामा आएको बाढी, गत वर्ष आसाममा आएको ठूलो ड्याम फुटेको अवस्था । त्यो नियाल्दा हामी हानी नोक्शानीको धेरै नजिक छाँै । धेरै हानी नोक्शानी भएको छ । जलवायुजन्य प्रकोपहरु बिस्तारै देखिने प्रकोप भन्दा पनि एकदमै ¥यापिड्ली देखिने प्रकोपहरु बढिरहेको छ । हामी सचेत हुनुपर्ने अवस्था आएको हो । त्यसले हामीलाई घच्घच्याएको हो ।

पैसा नै नभएको होइन । कोशी जलाधार क्षेमा कस्तो खालको जोखिम छ भनेर कोशीको हिसावले, कर्णाली जलाधार क्षेत्रमा कस्तो जोखिम छ भनेर कर्णालीको, महाकाली जलाधारमा महाकालीको अध्ययन साना साना रुपमा भएका छन् । त्यसले ठूलो भौतिक संरचनामै कस्तो खालको असर पर्दछ, हाम्रो बस्ती, जनजीवन, कृषि प्रणाली, वन वनस्पति प्रणालीमा कस्तो खालको अध्ययन हुन्छ भन्ने किसिमले अलि होलेस्टिक किसिमका भएको होइन की भन्ने मेरो बुझाइ छ ।

क्यासकेटिङ भनेको एउटाले अर्कोसँग जुध्ने, एउटा प्रकोपले अर्को प्रकोपसँग लडाईं गरेर निस्किने नयाँ किसिमको विपत्ति हो ।

वीरेन्द्र ताल भनेको गोरखाको माथिल्लो क्षेत्रमा छ ।

हरित जलवायु कोषबाट नेपालले लगभग सबैकुरा मिलाएर गर्ने हो भने ३ सयदेखि ५ सय मिलियन अमेरिकी डलर बराबरको ल्याएको हो की भन्ने देखिन्छ । अन्य जलवायु कोषहरुबाट डोनरहरुले दिने पैसाको हिसावले हेर्ने हो भने ठूलो मात्रामा पैसा आएको छ । तर यकिन तथ्यांक भन्न सकिँदैन । पैसा आएको छ तर पैसाको लगानी कुन क्षेत्रमा कति भयो ? त्यसले कति उत्थानशिलता विकास भयो भन्न मापन गर्ने टुल्सहरु नभएका कारण हामी कति संवेदनशील छौँ, कति संवेदनशीलता घटेको छ, जलवायुजन्य जोखिमको हिसावले र कति उत्थानशिलता बढ्यो भन्ने मापन गर्ने आधारहरु बनाउनुपर्ने देखिन्छ ।

 

प्रश्नः हिमालमा हिउँ पर्न कम भयो भन्ने छ, यसको इफेक्ट र अन्तरसम्बन्ध के छ,कस्तो प्रभाव पर्ला ?

जवाफः पानी हिमालतिर सिफ्ट हुनुको अर्थ हिमाली र उच्च हिमाली क्षेत्रमा

हिउँ पर्दथ्यो पहिला । हिमपात हुने अवस्था हुन्थ्यो । हिमपात भएको देखिेपछि हामीलाई के हुन्छ भने त्यहाँबाट पानी तल हिमाल भनेको हाम्रो पानीको श्रोत हो । पानीको अपार जलश्रोत । हामी जलश्रोतको धनी जसरी भन्छौँ त्यो हिमाल भएर हो । हिमालमा जुन ठाउँमा हिउँ पर्दथ्यो, त्यहाँ सोलिट प्रिस्पिटेशन भन्छ त्यसको लिक्विट प्रिस्पिटेशन अझ पानी नै पर्न थालेपछि त्यो ठाउँमा जुन हिउँ हो त्यो हिउँ पग्लिने र त्यहाँ कुनैपनि वनस्पतीहरु त्यहाँ छैन, घाँस छैन । केही पनि नभएर माटो मात्रै हुने हुन्छ । त्यसका दुई वटा असर हुन्छन् । एउटा त्यो माटो बगेर पानीसँगै बाढी भएर नदीमा मिसिन्छ र त्यसले ठूलो बाढीको रुपमा आउँछ । दोस्रो हिमालयमा हिमालको तल्लो तटीय क्षेत्रमा पनि हिउँ देखिन्थ्यो, त्यो हिउँ नहुँदा हिउँको इकोसिस्टममै यसले असर गरेको अवस्था छ । एउटा त यसको सिधै असर भनेको पानीको क्षेत्रमा जलाधार क्षेत्रमा पर्दछ । दोस्रो असर उर्जाको क्षेत्रमा पर्दछ । उर्जाको धनी देश भनिरहेका छौँ तर माथि पानीको श्रोत कम भयो भनेपछि त्यसले सिधै उर्जा क्षेत्रमा असर गर्दछ । तेस्रो भनेको हाम्रो खानेपानीको जुन श्रोत छ, त्यो धेरै ठाउँमा सुक्न थालेको अवस्था छ । पानीको जुन वाटर टेबल हो । वाटर टेबलमा पनि यसले प्रभाव पारेको छ । समग्र हाम्रो इकोसिस्टममा वनस्पतीय प्रणालीको जुन होल इकोस्सिटम छ, जीविको पार्जनको इकोसिस्ट यसमा पनि यसले प्रभाव पारेको छ । त्यहाँको माटो पाँगो भएर एक खालको नली सिस्टममा मिसिन्छ, त्यो खतरनाक हुन्छ । बालुवा गिटी बोकेर ल्याउँदा कृषि प्रणालीमा ठूलो असर गर्दछ । खेतीपाती र खेत बगाएर लैजाने र पुल पुलेसालाई यति वर्षको बाढी आउँछ भनेर खप्नसक्ने हिसावले बनाएको हुन्छ । जस्तो २० वर्षमा एक पटक बाढी आउने हिसावले बनाएको हुन्छ, अब त्यो भौतिक संरचना एकै पटक ठूलो बाढी आयो भने अहिलेको भौतिक संरचनाले थेग्न सक्दैन । त्यसले वर्षाको बाढीमा बगेर जाने र पछिल्लो हाम्रो १० वर्षको मात्रै अध्ययन गर्ने हो भने २ अर्ब नेपाली रुपैयाँ बराबरको क्षति जलवायुजन्य विपद्बाट भएको छ । सतहबाटै पानी बगेर गएपछि पानीको मुहान बन्ने अवस्था हो त्यो प्रक्रियामा हानेको छ ।

पानी लगातार पर्नु, २४ घण्टामा पानी पर्नु, तीन दिनमा पानी पर्नु, एक हप्तामा पानी पर्नु र १४ दिनमा पानी पर्नुको सम्बन्ध यसले व्याख्या गरेको छ । २४ घण्टामा १४० मिलिमिटर पानी पर्नु भन्दा तीन दिनमा २ सय मिलिमिटर पानी पर्नु बढी खतरनाक हो की ? भन्ने पनि विश्लेषण गरेको छ । तापक्रम वृद्धि हुनु र तापक्रम वृद्धिको सिधा सम्बन्ध हिमाली तालमा पनि छ भन्ने यसले अर्को विश्लेषण बाहिर ल्याएको छ । जुन धेरै खतरनाक हुन्छ । किनभने तापक्रम वृद्धि भएको पनि यसले देखाएको छ, तापक्रम वृद्धि हुँदा हिमतल विष्फोट हुने समस्या सिधा यसको सम्बन्ध देखिएको छ । हिमताल विष्फोट मात्रै नभएर हिम पहिरो आएर हिमतालमा परेर त्यहाँको पानी बिस्थापित भएका हामीले धेरै घटना देखिसकेका छौँ । यो समग्रतालाई हामीले हेर्ने हो भने तापक्रमको वृद्धि, पानी पर्ने तौर तरिकामा आएको परिवर्तन र पानी पर्ने तरिका बिस्तारै मध्य पहाडबाट उच्च हिमाली क्षेत्र वा उच्च पहाडी क्षेत्रमा जानुलाई पनि यसले औंल्याएको अवस्था छ । त्यो भन्दा पनि बढी एउटा मात्रै प्रकोपले पानी परेपछि बाढी आउँछ भन्नेमात्रै होइन की पानी परेपछि यसले पहिरो ल्याउन सक्छ, पहिरोले नदी सिस्टमलाई थुन्न सक्छ । थुनेपछि तलाउ बन्नसक्छ । त्यो तलाउ फुट्यो भने तल्लो तटीय क्षेत्रमा हामीले बनाएका संरचनामा पनि यसले ठूलो हानी नोक्शानी पु¥याउँछ । अहिलेको पूर्वसूचना प्रणालीको लागि जडान गरिएका संयन्त्र छन्, त्यसमा पनि यसले हान्नसक्छ । तल्लो इकोसिस्टममा असर गर्छ भन्ने अध्ययन छ ।

अध्ययन चाहिँदैन भन्ने होइन तर अध्ययनसँगसँगै त्यसको कार्यान्वयन महत्वपूर्ण हुन्छ । अध्ययनको कार्यान्वयन कम र अध्ययन बढी भएको देखिन्छ । अझ थप अध्ययन हुँदैछ । नेपालभर सबै नदी सिस्सटमको एउटा प्रकोलले अर्कोसँग अन्तरक्रिया गरेर ठूलो विपत्ति कसरी ल्याउँछ भनेर भर्खरै एशियाली विकास बैंकले पनि नयाँ अध्ययन शुरु गर्ने भनेको छ । साना साना अध्ययन भइरहेका छन् । अध्ययनका आधारमा कार्यान्वयका योजना बनाउनुपर्नेतिर बढी ध्यान दिनुपर्ने हो की भन्ने देखिन्छ । अध्ययनमा खर्च गर्नु भन्दा पुनःस्थापनामा र पुनःनिर्माणमा रिजेलेन्ट रिकभरी भन्छ, अहिलेको कन्सेप्ट कस्तो छ भने अब हामीले त्यहाँ रिकभरीका कामहरु गर्ने हो भने अब आउने विपत्तिले पुनःस्थापनालाई प्रभाव नपरोस् भन्ने हिसावले बस्तीको विकास, पुल पुलेसाको निर्माण, उर्जाका संरचना बनाउनुपर्ने जस्तो पाठ पछिल्ला विपद्का घटनाले सिकाएको छ ।

प्रश्नः प्रतिवेदनहरुले समस्या मात्रै भनेका छन् की समाधानका उपायहरु पनि सुझाएका छन् ?

जवाफः समाधानका उपायहरु पनि धेरै अध्ययनले सुझाएका छन् । जस्तो सिन्धुपाल्चोक जिल्लाका कतिपय बस्तीहरुलाई स्थानान्तरण गर्नुपर्छ भनेर नेशनल रिकन्स्ट्रक्शन अथोरिटी राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन भएको छ, उहाँहरुले गरेको अध्ययनले पनि कतिपय बस्ती सार्नुपर्ने भनेको छ । यसमा कंक्रिट अवस्थामा भनेको देखिँदैन । कुनै अध्ययन घटना हुने बित्तिकै भएको छ । त्यसको पुष्टि हुनेकुरा हामीले गर्नुपर्छ । पुष्टि गर्नुपर्छ, यो पुष्टि भएको छैन भन्ने जस्तो छ । स्मोडको पहिलो अध्ययनले पुष्टि भएको छैन भन्नेकुरा बढी भनेको छ । अरु अध्ययनको सन्दर्भमा पनि सरकारले गर्नुपर्ने कामहरु केहीले बस्तीहरु त्यहाँबाट सार्नुपर्छ, नदीको पानी बग्ने मुख्य स्थानबाट कति फिट हो त्यो दूरीमा घरहरु, होलहरु बसाउनु हुँदैन भन्ने सरकारको मापदण्ड नै छ । तर त्यो पालना भएको देखिँदैन । अहिले पनि हेर्दा नदीको किनारबाटै वाल उठाएर पुनःनिर्माण भएको अवस्था छ । अब दुर्घटना भयो भने ठूलो फेरि हानी नोक्शानीमा फस्ने अवस्था छ । जति संरचनाहरु बनाएका छौँ, यस्तो निर्माण गर्दा बस्ती कहाँ सार्ने, भनेर राइट अफ रिभर, राइट अफ वे भनेका छाँै । तर त्यसलाई कार्यान्वयनमा जाँदा कार्यान्वयन फितलो भएको पूर्ण रुपमा कार्यान्वयन नभएको अवस्था देखिन्छ । मेलम्ची खानेपानीकै कुरा गर्ने हो अर्बौंको लगानी धेरै वर्ष अघिदेखि गरिरहेका थियौँ । जलवायु परिवर्तनको कारणले, तापक्रम वृद्धि हुन्छ, त्यहाँ पानी पर्नसक्छ, हिमताल फुट्नसक्छ, अर्को विपत्ति ल्याउनसक्छ भन्ने किसिमको आँकलन कम भएको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }