![](https://www.mountainkhabar.com/wp-content/uploads/2024/06/banner-sunyata-MK.jpg)
शून्यता (लघुकथा )
नजा न त
जानै पर्ने भन्ने के छ र !
यतै खेतको चटारो छोडेर … … … गएपछि सुन्नै पर्छ।सुनेपछि रिस उठिहाल्छ,अनि रिस थाप्ने थाप्लो यही त हो नि।
स्वास्नीको कुरा सुनेर धनवीरे लामो निश्वास फेर्छ अनि भन्छ-नगएर के गर्ने गाउँको ठूलो बडा मान्छे एउटा निहुँ थापेर बात लगाइदिएपछि घरभरि विष फैलिदिन्छ।यो हलाहल थाप्ने को ? धनवीरेको एक वाक्यमै ठूलीको अगाडि चलचित्र झैँ दृश्यहरू सलबलाउन थाल्दछन्।परिवर्तनका भाषण,अखवारका काला अक्षर हाँसी हाँसी नाच्न थाल्दछन्। अनि आफू नाङ्गै उभिएकोसम्म देख्न पुग्दछे।त्यहाँ शून्यता छाउँछ मात्र शून्यता।
-युवराज मैनाली