शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटनका लागि वेलनेश’ भन्ने मूल नाराका साथ ‘ग्लोबल वेलनेश डे’ मनाइयो


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ २६, २०८१
  • 123
    SHARES

काठमाडौँ ।  स्वास्थ्य जीवनको कामना गर्दै आज विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि ‘ग्लोबल वेलनेश डे’ मनाइएको छ । स्पा सङ्घ नेपालले पनि नेपालमा ‘पर्यटनका लागि वेलनेश’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम आयोजना गर्‍यो ।

सङ्घका सचिव रामदेव महतोले राम्रोसँग दिवसका अवसरमा चेतना अभिवृद्धिका लागि प्रभातफेरी, योग र ध्यानलगायतका कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
ग्लोबल वेलनेश डे सन् २०१२ देखि मनाउन सुरु गरिएको हो । सुरुमा टर्कीमा मनाउन सुरु गरे पनि हाल विश्वभर दिवश मनाउन थालिएको छ । उक्त दिवस हरेक वर्षको जुन महिनाको दोस्रो शनिबार मनाउने गरिएको सचिव महतोले बताउनुभयो ।

स्पा सङ्घ नेपालका अध्यक्ष सुरेश पुरीले मानिसको शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने गतिविधिमा भाग लिन यस्ता दिवसले सहयोग पुग्ने बताउनुभयो । व्यायाम, ध्यान, स्वस्थ खाना, र आत्म–हेरचाह आदिले मानिसलाई स्वास्थ्य जीवनशैली जिउन मद्दत पुग्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }