शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पाँच तारे होटलले मात्रै क्यासिनो सञ्चालन गर्न पाउने


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २७, २०८१
  • 59
    SHARES

काठमाडौं । सरकारले क्यासिनो सञ्चालनमा थप कडाइ गर्ने भएको छ । सरकारले ‘क्यासिनो नियमावली २०७०’ लाई संशोधन गरि हालका नियमहरुमा कडाइ गर्ने तयारी गरेका हो ।

संशोधनमार्फत् हाल पाँच तारे र चार तारे होटलले सञ्चालन गर्दै आएको क्यासिनो अबदेखि पाँच तारे होटलले मात्रै चलाउन पाउने गरी नियम बनाइने छ । यसअघिका समयावधिहरुमा क्यासिनो चार तारे होटल, पाँच तारे होटल, रिसोर्ट लगायतले सञ्चालन गर्दै आएका थिए ।

संशोधित व्यवस्था अनुसार क्यासिनोले वार्षिक रुपमा तिर्ने रोयल्टी वर्षेनी आर्थिक ऐनले व्यवस्था गरेअनुसार हुने भएको छ भने अरु व्यवस्थामा भने नियमावलीले तोके अनुसार हुने छ ।

क्यासिनो सञ्चालन गर्न पाँचतारे होटल हुनुपर्ने, एउटा इजाजतबाट एउटै मात्र क्यासिनो चलाउन पाइने, सीमानाबाट हुने क्यासिनोको दूरी थप लामो हुने, नेपालीको प्रवेश निषेधका व्यवस्था समेटिने भएका छन् ।

हाल नेपालमा सञ्चालित क्यासिनो सीमाबाट ३ किलोमिटर भित्र चल्न पाउँछन् । सरकारले अब कम्तिमा ५ किलोमिटरको दुरी अनिवार्य गर्ने भएको छ ।

हालसम्म नेपालमा क्यासिनोमा भइरहेको लगानी, विदेशीले गर्ने लगानी सहजीकरण, क्यासिनोलाई थप कडा गर्ने, बाँकी राजस्व उठाउने नीति लिने र एक वर्षमा अग्रिम रोयल्टी नतिरे नवीकरण नहुनेसहितका व्यवस्था संशोधित नियमावलीमा हुनेछ ।

क्यासिनो नियमावली संशोधनबाट एउटा होटलमा चलिरहेको क्यासिनोले अर्को होटलमा लैजान चाहेमा लान पाउने व्यवस्था पनि गर्ने भएको छ । यो व्यवस्थाबाट व्यवसायीले एउटा होटलमा चलाइरहेको क्यासिनेलाई सिफ्ट गरेर नयाँ वा पुरानै अर्कोमा लान पाउँछन् । यसका लागि त्यहाँ क्यासिनो नभएको वा खाली भएको अवस्था भने हुनुपर्ने हुन्छ । क्यासिनो राख्न वा सार्न जे गर्न चाहेपनि सरकारी वक्यौता भने बाँकी राख्न पाइने छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }