शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पाटन क्षेत्रको मूर्त तथा अमूर्त सम्पदाबारे पर्यटक गाईडलाई जानकारी


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २८, २०८१
  • 445
    SHARES

काठमाडौँ । काठमाडौँ उपत्यकाको ऐतिहासिक, सांस्कृतिक एवम् पर्यटकीय क्षेत्र पाटनको मूर्त तथा अमूर्त सम्पदाको बारेमा पर्यटक गाइडलाई जानकारी दिइएको छ ।

टुरिष्ट गाईड एशोसियशन अफ नेपाल (टुर्गान)ले आज पाटन क्षेत्रमा आयोजना गरेको कार्यक्रममा सम्पदा विज्ञ अनिल चित्रकारले पाटन क्षेत्रको मूर्त तथा अमूर्त सम्पदाको बारेमा पर्यटक गाईडलाई जानकारी दिनुभएको हो ।

उहाँले देश तथा विदेशमा पाटन क्षेत्रलाई चिनाउनका लागि यस्ता प्रशिक्षणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले नेपाल घुम्न आउने विदेशी पर्यटकले नेपालका सांस्कृतिक सम्पदाका बारेमा सहजै थाहा पाउन सकुन् भन्ने उदेश्यले तालिम प्रदान गरिएको बताउनुभयो ।

पछिल्लो समय टुर्गानले टुरिष्ट गाईडको तालिम नगरि पर्यटकलाई विश्वसम्पदा सूचीमा घुमाउने नक्कली गाईडलाई कारबाही समेत गर्दै आएको छ । अध्यक्ष देवकोटाले टुर्गानले प्रत्येक महिना एकवटा विश्वसम्पदा सूचीको बारेमा आफ्नो गाईडलाई जानकारी गराउने लक्ष्य लिएको बताउनुभयो । आजको तालिममा ६० भन्दा बढी पर्यटक गाईडको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }