शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सात दिन भित्र भाडाका सटर खालि गराउन सामुदायिक विद्यालयलाई कामनपाको अल्टिमेटम


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २८, २०८१
  • 61
    SHARES

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु ७ दिन भित्र खालि नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

सोमवार महानगरपालिकाले बानेश्वरस्थित बानेश्वर रत्नराज्य माध्यमिक विद्यालय लगायतका सामुदायिक विद्यालयहरुले भाडामा दिएका सटरहरु खालि गर्न निर्देशन दिएको हो । सात दिन भित्र व्यवसायिक प्रयोजनका सटरहरु खालि नगरे कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ । अनुगनका क्रममा काठमाडौं महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले काठमाडौं महानगरपालिका सामुदायिक विद्यालयहरुमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र भाडा लिने गरेको बताउनु भयो । उहाँले महानगरभित्र ३७ वटा विद्यालयले सटर भाडामा दिएको बताउनु भयो । सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र विद्यार्थीहरुलाई कक्षा कोठा साँघुरो भएकाले महानगरपालिकाले विद्यालयको स्थान विद्यार्थीहरुका लागि नै प्रयोजन गर्ने हेतु यो नीति लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाको एउटा नीति छ, यो विद्यालयहरुमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र त्यो भाडा लिने जुन एउटा चलिरहेको छ, ३७ वटा स्कुलमा त्यस्तो देखिएको छ । अहिले महानगरको नीतिअनुसार त्यो भाडामा लगाएको सटरलाई खालि गर्ने र सामुदायिक विद्यालयमा विद्यार्थीको चाप एकदमै बढ्दो छ । ति कक्षाकोठामा विद्यार्थी खचाखच भएका छन् । उनीहरुको बसाई र खेल्ने ठाउँ व्यवस्थापनको लागि ३७ विद्यालयमा हिजोदेखि क्रमशः बन्द गर्दै हिँडेका छाँै । सात दिनको म्याद दिएका छौँ सामान सार्न । त्यो समयसम्म नसारे अर्को प्रक्रिया अघि बढ्छ । विद्यालयको सम्पती बालबालिकाको अधिकतम हितमा प्रयोग हुनुपर्ने भएकाले सोहीअनुसार अघि बढेको हो ।’

महानगरले आईतवारबाट यस अभियान अघि बढाएको हो । यो अभियानले साँघुरो भएको विद्यालयहरुलाई खेल स्थानको व्यवस्थापन र कक्षा कोठा बिस्तार गर्न सहयोग पुग्ने बताइएको छ । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }