शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वागमतीका मेयरविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २९, २०८१
  • 63
    SHARES

काठमाडौँ । सर्लाही बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यसअघि अकुत सम्पत्ति आर्जनको मुद्दामा तानिएका थापा र उपमेयर लीलाकुमारी मुक्तानसहित ६ जनाले ३० करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले मंगलबार प्रमुख र उपप्रमुखसँगै नगरपालिकाकै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियरङ सागर पौडेल, तत्कालिन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीको तत्कालीन प्रमुख मेथुर चौधरी विरुद्द भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

नगरपालिकाको वडा नम्बर चार र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल)निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा ३० करोड २९ लाख ३४ हजार ८९७ रकम हिनामिना तथा दुरुपयोग गरेको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

उनीहरु ६ जनालाई नै छुट्टा छुट्टै ३० करोड २९ लाख ३४ हजार ८९७ रकम विगो माग दाबी गरिएको छ ।

यसअघि मेयर थापाविरुद्ध अख्तियारले ५ करोड ३३ लाख ५३ हजार १८१ रूपैयाँ अकुत सम्पत्ति कमाएको ठहरसहित सोहीबमोजिमको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }