शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जलविद्युत् समूह चम्किँदा ३३ दशमलव १५ अङ्कले बढ्यो नेप्से परिसूचक


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २९, २०८१
  • 48
    SHARES

काठमाडौँ– जलविद्युत् कम्पनीको शेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव १५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक एक दशमलव ५९ प्रतिशतले बढेर दुई हजार एक सय १५ दशमलव २४ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय ११ कम्पनीको एक करोड २६ लाख ६५ हजार तीन सय २९ कित्ता शेयर ७४ हजार आठ सय ७७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार सात सय ३९ बराबरको कारोबार भएको छ । जलविद्युत् कम्पनीहरुको मात्र आज रु दुई अर्ब २८ करोड सात लाख ९० हजार आठ सय ४५ बराबरको ५९ लाख ७९ हजार चार सय ४३ कित्ता शेयर किनबेच भएको छ ।

आजको कारोबारमा जलविद्युत् समूहको उपसूचक दुई दशमलव ५८, व्यापार दुई दशमलव १२, निर्जीवन बीमा दुई दशमलव १९, जीवन बीमा दुई दशमलव ४० र वित्त समूह दुई दशमलव १६ प्रतिशतले बढेको छ । बैंकिङ समूह एक दशमलव ७३, विकास बैंक एक दशमलव ४२, होटल तथा पर्यटन शून्य दशमलव ५९, लगानी एक दशमलव ०९ र उत्पादन तथा प्रशोधन शून्य दशमलव ४० प्रतिशतले बढेको छ ।

त्यस्तै, म्युचुअल फन्ड शून्य दशमलव ५० र अन्य समूहको उपसूचक शून्य दशमलव ५३ प्रतिशतले बढेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८१ र कुमारी इक्विटी फन्डको शेयर मूल्य चार दशमलव ९४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु ३६ करोड ३० लाख ९२ हजार नौ सय १० बराबरको पाँच लाख २५ हजार एक सय ८५ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }