शुक्रबार, मंसिर ५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौँ गोर्खाजलाई ६१ रनले हराउँदै चितवन राइनोज दोश्रो क्वालिफायरमा


  • माउन्टेन खबर
  • बुधबार, मंसिर ३, २०८३
  • 50
    SHARES

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत एलिमिनेटर खेलमा चितवन राइनोज विजयी भएको छ । काठमाडौँ गोर्खाजलाई ६१ रनले हराउँदै चितवन विजयी भएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनाएको थियो।

उसका लागि ओपनिङ ब्याटर कामिल मिशाराले शतकीय पारी खेले । उनले ५९ बलमा १० छक्का र पाँच चौकासहित अविजित १२० रनको पारी खेलेका हुन् ।

योसँगै मिशारा जारी एनपिएलमा शतकीय पारी खेल्ने दोस्रो ब्याटर बनेका छन् ।

यस्तै, कप्तान रवि बोपाराले अर्धशतकीय पारी खेले । उनले ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५३ रनको पारी खेलेका हुन् ।

देव खनालले १५ बलमा दुई चौका र एक छक्कासहित १७ रन जोडे ।

अब चितवन दोश्रो क्वालिफायर बन्दै सुदूरपश्चिम रोयल्ससँग विहीबार खेल्नेछ । यी दुई टीमबाट विजयी भएको टोली फाइनलमा लुम्बिनी लायन्ससँग भिड्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)