बुधबार, मंसिर ३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी लायन्स फाइनलमा , सुदूरपश्चिम ६ विकेटले पराजित


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर २, २०८३
  • 51
    SHARES

काठमाडौँ – उत्कृष्ट बलिङ प्रेरित डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पनि फाइनलमा पुगेको छ । कीर्तिपुरमा मंगलवार भएको पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको जित निकाल्दै लगातार फाइनलमा पुग्यो ।

लुम्बिनीले अब फाइनलमा दोस्रो क्वालिफायरको विजेता (सुदूरपश्चिम र इलिमिनेटरको विजेता) सँग खेल्नेछ । फाइनल आगामी शनिवार हुने तय छ । बुधवार इलिमिनेटरमा काठमान्डु गोर्खाज र चितवन राइनोज बीच खेल हुनेछ । यस सिजनमै सुदूरपश्चिम लगातार दोस्रोपल्ट लुम्बिनीसँग पराजित भएको हो । उद्घाटन खेलमा सुदूरपश्चिमले सात विकेटको हार बेहारेको थियो । समग्रमा पाँच भेटमा लुम्बिनीसँग सुदूरपश्चिमको तेस्रो हार हो । गत सिजनको फाइनलमा लुम्बिनीसँग ६ विकेटले स्तब्ध हुँदा सुदूरपश्चिम उपाधिबाट वञ्चित रह्यो । सुदूरपश्चिमले लुम्बिनीसँग खराब रेकर्ड कायमै राख्यो । खराब ब्याटिङ निरन्तरता दिँदा सीधै फाइनलमा पुग्न असफल भयो । सुदूरपश्चिमले पहिलो सिजनको लिगमा ४५ रन र दोस्रो सिजनको लिगमा सात विकेटको जित निकालेको थियो ।

यसपछि भने सुदूरपश्चिमले लुम्बिनीसँग खराब प्रदर्शन ग¥यो । तेस्रो सिजनको पहिलो क्वालिफायर पनि सुदूरपश्चिमले खराब ब्याटिङ कायमै राख्यो । त्रिवि क्रिकेट स्टेडियममा सुदूरपश्चिमले १०६ रनको झिनो लक्ष्य दियो । तर लुम्बिनीले त्यो लक्ष्य १६।४ ओभरमै मात्र चार विकेटको क्षतिमा भेट्टायो । विकेटकिपर निरोसन डिकवेला ५९ रनमा अविजित रहँदै २० बल अगावै जित सुरक्षित गराए । उनले ३७ बलमा सात चौका र एक छक्का हिर्काए । कप्तान रोहित पौडेलले २१ रनको योगदान दिँदै डिकवेलालाई साथ दिए । रोहितले २८ बलमा एक चौका हिर्काए । यी दुई बीच तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरे । लुम्बिनीको सुरुआत पनि राम्रो हुन सकेन । खाता नखोल्दै ओपनर डार्सी सट आउट भए । स्कट कुग्गेलिनले ओपनर डार्सी सटलाई शून्यमै बोल्ड गरे । अर्का ओपनर आसिफ शेख पनि ४ रनमै आउट भए । हेमन्त धामीले आसिफलाई ४ रनमा कप्तान दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए । यसपछि क्रिजमा आएका डिकवेलाले इनिङ समाल्दै जित दिलाए । ९.३ ओभरमा रोहित र १३.३ ओभरमा सन्दीप जोरा ८ रनमा आउट भए । तर त्यसको ठूलो क्षति बेहोर्नुपरेन । ब्याटिङमा राम्रो गर्न नसकेको सुदूरपश्चिमले खराब फिल्डिङ पनि ग¥यो । सुदूरपश्चिमको बलिङमा थरिन्दु रत्नायकेले दुई तथा हेमन्त र स्कटले समान एक विकेट दिलाए । खराब फिल्डिङ भएपछि झिनो लक्ष्य सुदूरपश्चिमले जोगाउन सकेनन् ।

टस हारेर सुदूरपश्चिमले ब्याटिङको निम्तो पायो । छिटै तीन विकेट गएपछि उसको खराब सुरुआत रह्यो । कप्तान दीपेन्द्रको अर्धशतकमा पूरै ओभरमा सुदूरपश्चिमले ८ विकेट गुमाउँदै १०५ रनको झिनो योगफल बनायो । दीपेन्द्रले ५२ र ईशान पाण्डेले २७ रन जोड्दा सुदूरपश्चिमको सय रनको आँकडा पार भयो । यी दुईबीच अर्धशतकीय साझेदारी बन्यो । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । खाता नखोल्दै सुदूरपश्चिमले पहिलो विकेट गुमायो । लुम्बिनीका तीव्र गतिका बलर रुबेन ट्रम्पलमेनले छिटै दुई विकेट लिँदै दबाबमा बनाए । उनले जर्ज मुन्सेलाई शून्यमै पभेलियन फर्काए । तेस्रो ओभरमै ट्रम्पलमेनले थानुका डाबरेलाई ३ रनमै आउट गराए । मुन्से र डाबरेको पहिलो खेल पनि हो । तर दुवैले प्रभाव जमाउन सकेनन् । २.५ ओभरमा सुदूरपश्चिम ८/२ को नाजुक अवस्थामा पुग्यो ।

कप्तान रोहितले चौथो ओभरमै युवा स्पिनर अभिशेष गौतमलाई ल्याए । यो निर्णय सही साबित भयो । अभिशेषले पहिलो बलमै विकेट दिलाए । उनले विकेटकिपर विनोद भण्डारीलाई ३ रनमै पभेलियन फर्काए । ३.१ ओभरमा सुदूरपश्चिम ८/३ को अवस्थामा पुग्यो । सुदूरपश्चिम यसपछि दबाबमा प¥यो । कप्तान दीपेन्द्रसिंह र इशान पाण्डेले विकेट जोगाएर खेले । पावरप्लेमा टोलीले २० रन मात्र जोड्न सक्यो । चौथो विकेटका लागि दीपेन्द्र र ईशानले धैर्यपूर्वक ब्याटिङ गर्दै इनिङ समाले । यी दुई बीच ६४ रनको साझेदारी भयो ।

११ ओभरसम्म दुवैले साझेदारी गरे । तथापि ईशानले धैर्यता गुमाउँदा रनआउटबाट यो साझेदारी तोडियो । १४.१ ओभरमा ईशान रनआउट भए । सुदूरपश्चिम ७४/४ को अवस्थामा रह्यो । यसपछि कुनै पनि ब्याटरले साथ दिएनन् । खातामा थप ३३ रन जोड्दा थप चार विकेट पतन भयो । १८ ओभरमा सुदूपश्चिम ९४/६ मा थियो । कप्तान दीपेन्द्र क्रिजमा रहेकाले टोलीले अन्तिम दुई ओभरमा राम्रो रन जोड्ने अनुमान थियो । तर ११ रन मात्र जोड्न सक्यो । अन्तिम ओभरको दोस्रो बलमै कप्तान आउट भए । यससँगै सुदूरपश्चिमको लक्ष्य पूरा भएन । यो ओभरमा किशोर महतोले तीन रन मात्र दिए । लुम्बिनीको बलिङमा ट्रम्पलमेन र शेर मल्लले समान दुई विकेट लिए ।
किशोर र अभिशेषको नाममा समान एक विकेट रह्यो । समान चार ओभरमा ट्रम्पलमेनले १४ रन, किशोरले १९ र अभिशेषले ११ रन मात्र दिए । -न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)