बुधबार, भदौ १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संसदमा प्रधानमन्त्रीको ब्रिफिङः

खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमातामा परिचालित छन्


  • माउन्टेन खबर
  • बुधबार, भदौ १७, २०८३
  • 40
    SHARES

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र साहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमातामा परिचालित रहेको बताउनुभएको छ ।

 

 

प्रतिनिधि सभाको बुधवारको बैठकमा रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे ब्रिफिङ गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको छ  उहाँले ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन अवस्थामा रहेको बताउनु भयो । उहाँले बाढी प्रभावित क्षेत्रमा उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २ सय ९२ जना घाइतेमध्ये १ सय ८२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । बाँकी घाइतेको स्वास्थ्य सुधारका लागि स्वास्थ्यकर्मीको टोली परिचालित रहेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री शाहले प्रभावित नागरिकको उपचारका लागि काठमाडौंँबाट विशेषज्ञ चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा पठाइएको बताउनु भयो । उपचारसँगै बाढी प्रभावित नागरिकलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइएको उहाँको भनाइ छ । उहाँले बाढी प्रभावित क्षेत्रमा सम्भावित महामारी फैलिन नदिन विभिन्न रोकथाम तथा सचेतनामूलक अभियान सञ्चालन गरिएको पनि बताउनुभयो । उहाँले रोगको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न माध्यमबाट नागरिकलाई आवश्यक सूचना प्रवाह भइरहेको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘केहीबेर अघिसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिसकेका छौँ । ३ हजार ९ सय १६ जना सम्पर्कविहीन हुनुहुन्छ । उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना गरिएका २ सय  ९२ जना घाइतेमध्ये केहीबेर अघिसम्म १ सय ८२ जना डिस्चार्ज भइसक्नुभएको छ । बाँकी घाइतेहरुको स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्यकर्मीहरु लागिरहनुभएको छ । हामीले काठमाडौंबाट विशेषज्ञसहितको टोली प्रभावित क्षेत्रका नागरिकको उपचारको लागि खटाइरहेका छौँ । उपचारसँगै प्रभावित क्षेत्रका नागरिकहरुलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेका छौँ । साथै प्रभावित क्षेत्रमा कुनैपनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेका छौँ । प्रभावित क्षेत्रमा रोगको रोकथामको लागि विभिन्न माध्यमबाट सूचना प्रवाह समेत भइरहेको छ ।’

 

उहाँले बाढीमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित नागरिकको साथमा सरकार रहेको समेत बताउनु भयो ।

–न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)