शनिबार, भदौ २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाढीपहिरोपछिको आपूर्ति व्यवस्थापनमा सरकारको पूर्वतयारी कमजोर, अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न माग


  • माउन्टेन खबर
  • शनिबार, भदौ २०, २०८३
  • 38
    SHARES

काठमाडौँ-   रसुवा बाढीपछि बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक र कृत्रिम मूल्यवृद्धि भइरहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

 

 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य श्रृङ्खलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक कार्यक्रममा बोल्दै उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले सरकारको फितलो पूर्वतयारीका कारण उपभोक्ता मारमा परेको बताउनुभएको हो । अधिकारकर्मी तिमिल्सिनाले बजारमा भइरहेको अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले पर्याप्त चासो नदेखाएको आरोप लगाउनु भयो । विशेषगरी खाना पकाउने ग्यासको ढुवानीमा देखिएको समस्या समाधान गर्न राज्यले सबै विकल्पहरू खुला गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग रहेका ठूला सवारी साधनको प्रयोग गरेर भएपनि ग्यास ढुवानीलाई सहज बनाउनुपर्ने सुझाव दिनुभयो । आपूर्ति श्रृङ्खला र गुणस्तरको विषयमा जोड दिनुभयो । उहाँले यो विपत्तिको समयमा नुनदेखि सुनसम्मका सबै वस्तु तथा सेवाका विक्रेताहरूलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह समेत गर्नुभयो । सडक अवरोधका कारण बजारमा सामानको अभाव हुने भन्दै फैलाइएका हल्लाको भ्रममा नपर्न पनि उहाँले नागरिकहरूलाई आग्रह गर्नुभयो । सरकारले मुख्य राजमार्गका अवरोध हटाउने र वैकल्पिक मार्गहरू सञ्चालन गर्ने कार्य गरिरहेकाले दाल, चामल, तरकारी र फलफूल जस्ता अत्यावश्यक वस्तुको अभाव नहुने उनले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘बजारमा मूल्य नियन्त्रणसँगै वस्तुको गुणस्तर र आपूर्ति सहज बनाउनु उत्तिकै आवश्यक छ । उपभोक्ताहरू एउटा ग्यास सिलिण्डरका लागि भौँतारिनुपर्ने र लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न राज्यले विशेष सक्रियता देखाउनुपर्छ ।’

यसैगरी, उपभोक्ताहरूलाई आवश्यकताभन्दा बढी वस्तु सञ्चय (होर्डिङ) नगर्न समेत उहाँले अपिल गरे। सक्षम वर्गले सामान सञ्चय गर्दा दैनिक ज्यालादारी गर्ने र न्युन आय भएका वर्गलाई मार पर्ने र यसले कृत्रिम अभावलाई थप सहयोग पुग्ने हुँदा उपभोक्ता आफैँ पनि सचेत र जागरुक बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।–न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)