सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरिया जान रोकिएका कामदारहरुलाई जाने व्यवस्था मिलाउन संसादको माग


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २२, २०७८
  • 349
    SHARES

२२ साउन, काठमाडौं । राष्ट्रिय सभा सदस्य गंगा कुमारी बेलबासेले कोरिया जान रोकिएका नेपाली कामदारहरुलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बेलबासेले वैदेशिक रोजगारीका लागि कोरिया जान लागेका कामदारहरु दुई देशबीचमा भएका समस्याहरुका कारण कोरिया जान नपाएको भन्दै उनीहरुलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । उहाँले भन्नुभयो – ‘कोरिया जानका लागि तयार भएर बसेको ठुलो जनसमुदाय अहिले पनि यत्तिकै बसिराखेको छ । उहाँहरुले जानका लागि सबै प्रक्रियाहरु पुरा गर्नुभयो तर यता बाट पठाउने र उताबाट रिशिभ गर्ने दुईदेशको बिचमा केही समस्याहरु भएको कारणले उहाँहरु अड्किराख्नुभएको छ । उहाँहरुको व्यवस्था गरियोस् भन्ने पनि म माग गर्न चाहान्छु ।’

उहाँले वैदेशिक रोजगारीमा जान लागेकाहरु क्युआर कोडको लागि, भ्याक्सिन र प्रमाणित कार्डको लागि विभिन्न ठाउँमा लाइन बसि राख्नुपर्ने भएकाले लाइन बसिराख्नु नपर्ने खालको व्यवस्था गर्नको लागि पनि सरकार सँग अनुरोध गर्नुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }