सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

हामी अहिले पनि एकताको लागि प्रयासरत छौं : माधव नेपाल


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २२, २०७८
  • 185
    SHARES

२२ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले पनि एकताको लागि प्रयासरत रहेको बताउनुभएको छ।

आज बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताउनुभएको हो ।

‘केपी ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु,’ नेता नेपालको भनाई उद्धृत गर्दै नेता रघुजी पन्तले भन्नुभयो, ‘केपी ओलीले हामीलाई अल्मल्याउन खोजेको त होइन भन्ने धेरै साथीको आशंका छ। तर म त्यस्तो नहोला भन्ठानेर एकतामा जोड दिन चाहन्छु।’

साथै नेता पन्तले पार्टी एकताको ‘च्याप्टर क्लोज’ नभएको पनि बताउनुभएको छ। ‘एकताका लागि च्याप्टर क्लोज भएको छैन। हामी लतारिँदैनौं। सम्मानजनक एकताको पक्षमा छौं। एकताको मुल बाटोबाट बाहिरिएका छैनौं,’ उहाँले भन्नुभयो।

आज बसेको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएकोमा स्वागत गर्ने निर्णय पनि गरेको छ। १० बुँदे सहमतिले पार्टी एकताको आधार तय गरेको र थप आधार तयार पार्न कुराकानी भइरहेको पनि नेता पन्तले बताउनुभयो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }