मङ्लबार, जेष्ठ १, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जग्गाको जगजगी, कृषि र उद्योगको दुर्गति


  • माउन्टेन खबर
  • बुधबार, माघ २९, २०७६
  • 876
    SHARES

सस्तो ब्याजमा ऋण लिन राष्ट्रिय वाणिज्य बैंक आउनुस्’ पुस ११ गते एक अनलाईनमा राष्ट्रिय वाणिज्य बैंकका सिईओ किरणकुमार श्रेष्ठको यो भनाई सहितको अन्तर्वार्ता प्रकाशित छ । यस्तै प्रकृतिको अर्को हेडलाईन भएको समाचार पनि अनलाईनमा पुस ८ गते प्रकाशित थियो, ‘३ प्रतिशत ब्याज मैं ऋण लिनुस्’ । समाचारको प्राथमिकता र वाणिज्य बैंकको यो प्रचार देख्दा लाग्छ सरकारी बैंकले उद्योग बढाउन राम्रै प्रयास थालेको छ । तर, सरकारी प्रक्रिया, त्यहाँमाथी ऋण सहजै पाईने भए सायद यसरी विज्ञापन शैलीमा समाचार आउदैन पनि थियो होला । तर, यो प्रयासको सराहना गर्नै पर्छ ।

पहिले कुरा गरौं, ३ प्रतिशत ब्याजको । सरकारले सीप र ज्ञान भएका तर लगानी नभएका, प्रमाण पत्र धितो राखेर केहि गर्ने चाह भएका, विदेशबाट फर्केर केहि गर्ने मनासाय भएकाहरुलाई विना धितो कर्जा दिने सरकारको योजना छ । सरकारले यसरी कर्जा दिने भनेपछि विदेशबाट फर्केका १२ सय यूवाहरुले आवेदन दिएका छन् । यसलाई कसरी प्रभावकारी बनाउने तथा उद्यमतर्फ कसरी लैजाने भन्ने चुनौति पनि एकातर्फ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }