शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रजातन्त्र दिवसको अवसरमा रसुवामा एक कैदी रिहा


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ८, २०७६
  • 826
    SHARES

७० औ प्रजातन्त्र दिवसको अवसरमा रसुवा कारागारबाट एक जना कैदी जेलमुक्त भएका छन् । जेलमुक्त हुनेमा ज्यान मार्ने उद्योग मुद्धाका रिसावाङदी तामाङ रहेका छन् ।

उनलाई बुधबार बिहान १० बजे परिवारको जिम्मा लगाइएको छ । असल चालचलन, आचरण सुधार र ५० प्रतिशत कैद भुक्तान गरेका तामाङलाई रिहा गरिएको रसुवा कारागारका जेलर कृष्णहरि पुडासैनीले जानकारी दिएका छन् ।

राष्ट्रपति कार्यालयद्वारा मंगलबार जारी विज्ञप्ति अनुसार संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले सरकारको सिफारिसमा देशभरका ३२९ जना कैद मिनाहा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)