मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल भ्रमण वर्ष स्थगित गर्ने सरकारको तयारी


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १९, २०७६
  • 871
    SHARES

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने तयारी गरेको छ । आइतबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकमा भ्रमण वर्ष स्थगित गर्नेबारे छलफल भएको एक मन्त्रीले  जानकारी दिएका छन् । तर यसबारे औपचारिक निर्णय भने हुन बाँकी छ ।

नेपाल पनि कोरोना भाइरसको जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको अवस्थामा भ्रमण वर्ष र सगरमाथा सम्वाद सान्दर्भिक नहुने भएकाले दुवै कार्यक्रम स्थगित गर्नेबारे प्रधानमन्त्रीले बैठकमा कुरा राख्नुभएको ती मन्त्रीले बताए । प्रधानमन्त्रीले भ्रमण वर्ष अहिलेलाई स्थगित गरेर पछि सार्ने प्रस्ताव गर्नुभएकाले केही दिनभित्रै यसबारे निर्णय गर्ने तयारी छ । यसबारे पर्यटन मन्त्रालयले विश्लेषण गरेर आवश्यक निर्णय लिनेछ ।

हाललाई अरु अन्तर्राष्ट्रिय कार्यक्रम पनि नगर्नेबारे बैठकमा कुरा भएको छ । शनिबार सरकारले भ्रमण वर्षको क्रममा विदेशमा हुने प्रवर्द्धनात्मक कार्यक्रमहरु स्थगित गर्ने घोषणा गरेको थियो । कोरोनाबाट उच्च सतर्कता अपनाउन सरकारले शनिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति पनि बनाएको थियो ।

आइतबार मन्त्रिपरिषद् बैठक लगतै समिति बैठक बसेको थियो । समितिको बैठकमा पनि नेपाल भ्रमण वर्ष र सगरमाथा सम्वाद स्थगित गर्नेबारे छलफल भएको छ ।

यसैगरी सरकारले कोरोना संक्रमित देशबाट आउने विमान र यात्रुलाई रोक्ने तयारी पनि गरेको छ । चीन, जापान, दक्षिण कोरिया, हङकङ, इरानबाट आउने यात्रुहरुलाई रोक्ने सरकारको तयारी छ । आइतबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको स्वास्थ्य जाँच पनि थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }