मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गोसाइँकुण्ड गाउँपालिकाले बनायो १५ शैयाको क्वारेनटाइन (फोटो फिचर)


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १०, २०७६
  • 1.2K
    SHARES

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले १५ शैयाको क्वारेन्टाइन निर्माण गरेको छ । कोरोना भाइरस संक्रमणको शंकास्पद बिरामीहरुको निगरानी तथा उपचार व्यवस्थापनका लागि गाउँपालिकाको स्याफ्रुबेशी स्थित कोमिन श्यामेवाङफेल मा.वि. मा १५ शैयाको क्वारेन्टाइन निर्माण गरिएको हो ।

बिद्यालयको ३ वटा कोठामा १५ शैयाको क्वारेनटाइन निर्माण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख बिमल घिमिरेले बताए । उक्त क्वारेनटाइनमा दुई जना स्वास्थ्यकर्मि खटाइने समेत उनले बताएका छन् ।

क्वारेनटाइनका लागि पिपिइ सेट लगायतका आवश्यक उपकरण तयारी अबस्थामा राखिएको समेत उनको भनाई रहेको छ ।

त्यसैगरि चीनसँगको सिमाना रसुवागढी क्षेत्रमा ३० बेडको क्वारेनटाइन निर्माणका लागि तयारी भइरहेको गाउँपालिकाका प्रशासकिय अधिकृत देविलाल सापकोटाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }