मङ्लबार, जेष्ठ १, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा यसरी बनाइदै छ ७२ घण्टाभित्र क्वारेन्टाइन र आइसोलेसन कक्ष (फोटो फिचर)


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १०, २०७६
  • 1.3K
    SHARES

रसुवामा ७२ घण्टामा निर्माण गरिने २ सय १० शैयाको क्वारेन्टाइन र ३५ शैयाको आइसोलेसन कक्ष निर्माणको काम तिब्र भइरहेको छ ।

बिश्वव्यापि संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला बिपद् ब्यवस्थापन समितिको बैठकले ७२ घण्टाभित्र क्वारेन्टाइन र आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय अनुरुप निर्माणको काम तिब्र रुपमा भइरहेको हो ।

जिल्लामा रहेका बिद्यालय तथा सरकारी भवनमा क्वारेन्टाइन र आइसोलेसन कक्ष निर्माणको कार्य सुरु भएको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । जिल्लाका बिभिन्न ८ स्थानमा क्वारेनटाइन र दुई स्थानमा आइसोलेसन कक्ष स्थापना गरिने भएको छ ।

चीनसँगको सिमाना रसुवागढी क्षेत्रमा रहेका होटल तथा लज भाडामा लिई ३० शैया, स्याफ्रुवेशीमा रहेको कोमिन श्याङफेल मा.वि.मा १५ शैया, सदरमुकाम धुन्चे बजार क्षेत्रमा रहेको कृषि ज्ञान केन्द्र र पशु विज्ञ तथा भेटेनरी अस्पतालमा ५० शैया, जिल्लाको कालिका गाउँपालिकाको कालिकास्थान स्थित कालिका हिमालय कलेजमा ५० शैया, आमाछोदिङ्मो गाउँपालिका थाम्वुचेत स्थित सरस्वती नि.मा.वि.मा १५ शैया, नौकुण्ड गाउँपालिकाको पारच्र्याङ स्थित गाउँपालिकाको भवनमा १५ शैया , उत्तरगया गाउँपालिका डाडाँगाउँ स्थित डाडाँगाउँ मा.वि. मा १५ शैया, र बेत्रावती स्थित सहकारी भवनमा २० शैयाको क्वारेन्टाइन निर्माण हुने भएको छ ।

 

त्यसैगरि सदरमुकाम धुन्चेमा रहेको महिला विकास भवनमा २० शैया र जिबजिबे ग्रामिण अस्पतालमा १५ शैयाको आइसोलेसन कक्ष निर्माण हुने भएको छ ।

कोरोनाको संक्रमित भइहाले अन्य मानिसमा नपुगोस् भनेर सतर्कता अपनाउनका लागि क्वारेनटाइन र आइसोलेसन कक्ष निर्माण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }