शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ग्राण्डीमा मनाईयो अन्तर्राष्ट्रिय नर्सिङ दिवस (तस्बिरसहित)


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ३०, २०८१
  • 561
    SHARES

काठमाडौँ । काठमाडौँको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ ।

हाम्रा नर्सहरू, हाम्रो भविष्य, हेरचाहको आर्थिक शक्ति भन्ने नाराका साथ आज विश्वभर नर्सिङ दिवस मनाइएको हो । विगत ११ वर्षदेखि धापासीमा सञ्चालित ग्राण्डीले आज अस्पतालमा भव्य कार्यक्रमको आयोजना गरी नर्सिङ दिवस मनाइएको हो ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले विरामीको सेवामा नर्सले पु¥याएको योगदान उच्च रहेको बताउनुभयो । उहाँले अन्य अस्पतालको तुलनामा ग्राण्डीको नर्सिङ विभाग राम्रो रहेको उल्लेख गर्नुभयो ।

ग्राण्डी अस्पतालकी असिस्टेन्ट नर्सिङ डाइरेक्टर सरिता श्रेष्ठले विरामीको उपचारमा नर्सको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

नेपाल नर्सिङ सङ्घका अनुसार देशभर हाल देशभर क्रियाशील नर्सहरुको सङ्ख्या ८२ हजार चार सय ७१ जना कार्यरत रहेका छन् जसमा विशेषज्ञ नर्स एक हजार पाँच सय सातजना छन् । सरकारी क्षेत्रमा १८ हजार र निजीमा १८ देखि २० हजार नर्स कार्यरत रहेको तथ्याङ्क रहेको छ ।

सोही अवसरमा अस्पतालका विभिन्न शाखामा कार्यरत नर्सहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै नाटक समेत प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)