शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कोषमा काँग्रेस सांसदले १५ दिनको पारिश्रमिक दिने


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १२, २०७६
  • 665
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संघीय सांसदले नेपाल सरकारद्वारा स्थापना गरिएको ‘
१५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन् । सरकारद्वारा स्थापना गरिएको उक्त कोषमा काँग्रेसका संघीय सांसदले उक्त रकम दिने निर्णय भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको सङ्क्रमण फैलन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले एक हप्ताको लागि देशभर लकडाउन गर्ने निर्णय सकारात्मक भएको उल्लेख गर्दै काँग्रेस संसदीय दलले सो निर्णयलाई पूर्ण रुपले पालन गर्न सबैलाई आग्रह गरेको छ ।
लकडाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकलाई जीवनयापन गर्न कठिनाई हुने भएको हुँदा श्रमिकलाई सहजरुपमा खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि सकारसँग आग्रह गर्दै काँग्रेस ससंदीय दलले वर्तमान विषम परिस्थितिमा सम्पूर्ण नेपाली एक जुट भई धैर्यसाथ चुनौतीको सामना गर्न अपिल समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }