शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना बिरुद्ध लड्न सांसद आचार्यद्धारा विपद व्यवस्थापन समितिलाई स्वास्थ्य सामाग्री प्रदान


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १४, २०७६
  • 1.1K
    SHARES

रसुवा, १४ चैत

प्रतिनिधिसभामा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले जिल्ला विपद व्यवस्थापन समिति रसुवालाई कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । बिश्वब्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचार गर्न शुक्रबार जिल्ला बिपद व्यवस्थापन समिति रसुवालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।

जिल्ला विपद व्यवस्थापन समिति रसुवालाई प्रयोजनका लागि दिइने स्वास्थ्य सामाग्री कालिका प्रहरी चौकि मार्फत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

सांसद आचार्यबाट प्राप्त ५ हजार पिस मास्क, ३५ सेट पिपिई, १५ थान स्यानेटाइजर, ३ सय ५० थान पन्जा उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले कालिकास्थान प्रहरी चौकिलाई हस्तान्तरण गरेका थिए ।

स्वास्थ्यकर्मि, सुरक्षाकर्मिहरुलाई प्रयोग गर्ने गरि सांसद आचार्यले आफनो व्यक्तिगत खर्चबाट उक्त सामाग्री खरिद गरि जिल्ला विपद व्यवस्थापन समितिलाई उपलब्ध गराएको बताइएको छ ।

बिश्व ब्यापि संक्रमणको रुपमा रहेको कोभिड १९ को उपचार मा प्रयोग हुने सामाग्री र मास्क को अभाब रहेकोले सामाग्री को उपलब्धता संगै अत्यावश्यक सामाग्रीहरु सम्भव भएसम्म उपलब्ध गराउदै जाने समेत सांसद आचार्यले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }