बिश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ सँग लड्न चिनको जिलोङ काउन्टी प्रशासनले रसुवा प्रशासनलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सोमबार सिमा नाका रसुवागढीमा चीनको स्वाशासित क्षेत्र तिब्बत अन्तर्गतको जिलोङ काउन्टी प्रशासनले रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई कोरोनासँग लड्न स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
रसुवा प्रशासनको माग अनुसार रसुवाका लागि १५ प्रकारका स्वास्थ्य सामाग्री उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
पिपिई एक सय थान, डिस्पोजेबल गाउन एक सय थान, आई प्रोटेक्सन गगल्स १ सय २० थान, जिस्पोजेबल हेड कभर २ सय थान, ९५ मास्क ४ सय थान, जिस्पोजेबल मास्क १० हजार, ह्यान्ड स्यानेटाइजर ८० पिस, इन्फ्रारेट थर्मोमिटर १४ थान, सर्जिकल ग्लोप्स ८ सय पिस, डिसइनफेक्टेन्ट लिक्विड (५०० मि.लि.) ६० बोटल, डिसइनफेक्टेन्ट लिक्विड (२.५लि.) १० बोटल, डिसइनफेक्टेन्ट लिक्विड (२५केजि) २ ब्याग, स्पिड ४ बोटल, ७५ प्रतिशत मेडिकल अल्कोहल (५०० मि.लि.) ५ बोटल, स्किन अल्कोहल स्प्रे (१००मि.लि.) ५० पिस सामाग्री प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
त्यसैगरि रसुवाका प्रतिनिधि सभा सांसद मोहन आचार्यले पनि शनिबार जिल्ला विपद व्यवस्थापन समितिलाई कोरोनासँग लड्न स्वास्थ्य सामाग्री प्रदान गरेका थिए । उनले पिपिई ३५ सेट, जिस्पोजेबल मास्क ५ हजार थान, सर्जिकल ग्लोप्स ३ सय ५० पिस र ह्यान्ड स्यानेटाइजर १४ पिस उपलब्ध गराएका थिए ।
जिल्ला विपद व्यवस्थापन समितिलाई प्राप्त उक्त सामाग्री आवश्यकता अनुसार सरकारी अस्पताल, स्वास्थ्य चौकि, हेल्थ डेक्स, क्वारेनटाइन तथा आइसोलेसन कक्ष प्रयोजनका लागि उपयोग हुने समेत भण्डारीले बताए ।
