काठमाडौँ- राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
भेटमा पछिल्लो राजनीतिक, आर्थिक तथा समसामयिक परिस्थितिका विषयमा छलफल भएको बताइएको छ । भेटवार्ताका क्रममा भएका अन्य विषय भने सार्वजनिक गरिएको छैन ।
